सानो चरीको कथा   
                                            -युमीलाई सुनाउन रचेको

एकादेशमा एउटा  चरी थियो रे।   चरी एकदम  बदमाश थियो रे 
घरी एउटा रुख बाट भुर्र उठ्छ , घरी  अर्को अर्को रुखमा जान्छ , थुपुक्क 
एउटा हाँगा बस्ने त होइन।  त्यो चरीको मामु लाई त हैरान भयो रे। 

एकदिन को कुरा हो , सानो चरी सधैं भुर्र भुर्र  उडेर खेलेको थियो रे 

"हेर मामु म त एकचोटि मै डाइब हानेर भुइँ सम्म पुग्छु नि " - सानो चरीले मामाको कुरा नटेरी 
भुर्र भुर्र   उडेकी थिई। 

"सानु धेरै नउड त फेरि  रुखको  हाँगामा अल्झिन्छेऊ नि "  -मामुले सम्झाउदै थिइन्। 

त्यसपछि अचानक कुरा हो। 

 त्यो सानु चरी डाइब हान्छु  भन्दा त  भुइंमा ठोकिइन्  रे। 

अनि त्यो सानु भुइंमा एउटा सानो कालो क्याट थियो रे। 
अनि त त्यो सानो क्याटले त्यो सानो  चरीलाई धन्नै हयांग टोकेको  रे नि। 

अनि त त्यो सानो चरीलाई एकदम डड (डर ) लागेको रे नि। 

अनि त्यो दिन पछि त सानो चरी   ज्ञानी  भएर  बसेछ रे। 

अनि त्यो सानो चरीलाई त मामुले के के पो  किनिदिनुभएछ रे। 

 शिक्षा : धेरै चुलबुले भए  दु:ख  पाइन्छ नि,ज्ञानी हुनुपर्छ है ।

Comments

Popular posts from this blog

सिंह खरायो कथा

Privacy Policy

एबाकस र कप्युटर संसार