राइनोको कथा


राइनोको कथा

एकादेशमा एउटा जंगल थियो रे।  त्यो जंगल नजिक एउटा दिदीको घर थियो रे।  त्यो दिदीको धेरै गाइभैसी थियो रे। त्यो भएर त्यो दिदी घाँस काट्न जंगल जाने गर्थ्यो रे।

एकदिनको कुरा हो 
त्यो दिदी जंगलमा घाँस काट्दै थियो रे।  अचानक टाढा बात एउटा मोटो राइनो आयो रे।  अनि त्यो दिदी त् डराएर नजिकै को रुखमा हतपत चढ़िहाल्यो रे।  अनि त त्यो राइनोले तलबाट रुखमा डंग डंग गर्दै हान्यो रे। अनि त्यो रुख त् धेरै हल्लियो रे।  अनि त त्यो दिदीलाई जिसिन आएको जस्तो भयो रे। अनि त त्यो दिदीलाई

धेरै डर लागेको रे।  तर त्यो दिदीले नआतिकन रुखमा बेसरी समातेर बसेको रे।

एकछिन पछि त्यो त्यो राइनो चुकारे भयो रे।   अनि त्यो राइनो आफ्नो घर लग्यो रे।  अनि त्यो दिदी विस्तारै रुखबाट ओर्लेर घर गयो रे।  अनि त्यो त त्यो दिदी घर गएर माम खायो र अफुरो बसेर चुनु गर्यो रे।

भन्नेलाई फूलको माला सुन्नेलाई सुनको माला यो कथा वैकुण्ठ जाला

शिक्षा : हामीहरु जस्तो आपद पर्दा खेरि पनि आतिनुहुदैन।

       

कर्ण शाक्यको “सोच “ बाट केटाकेटीलाई भन्न सरलीकरण गरिएको

Comments