शिक्षा , औपचारिकता र व्यावसाय




आजको  समाचार। होमवर्क सकस  रे।  फोटोको लेख हेर्नुस् , आजित लाग्छ।  यो लेखले हाम्रो नेपालको शिक्षा पद्दतिको बारेमा नै सोच्न लगायो त।


जब हामी साना साना थियौं , हाजिरीजवाफमा रुचि।  त्यसको कृपाले थाहा पायौ संयुक्त राष्ट्रसंघको कार्यपत्र  देखि लिंकनको महावाणी।  राम्रो कुरा हो।  सिक्नु जान्नु नराम्रो त कहाँ हो र।  

समस्या नयाँ कुरा सिक्नु सिकाउनु होइन , समस्या के सिक्नु र कसरी व्यवहारमा उतार्नु हो। बाटोको फोहर टिप्न नसक्नेले कार्लमाक्स सिद्दान्त फलाक्दै राम्रो हुने होइन।  


मैले नेपाली किताबी पाठ्यक्रम निकै उच्चस्तरीय देखेको छु।  ७ कक्षाको किताबमा क्यालकुलस पढाइएको देखेको छु।  
गाउँबाट नेपाली माध्यममा पढेर आएका  निमुखा विधार्थीलाई अचानक आईएससीमा अक्सफोर्डको  एडवान्स लेवलको
फिजिक्स पढाइन्छ।  प्रोजेक्टाइल रे।  खै केहो केहो।


नम्बर ल्याउन पढिने हाम्रो नेपालको शिक्षामा  घोर परिवर्तन आवश्यक छ कि जस्तो लाग्दछ।  न्युटनको नियम प्रमाणित गर्न नजाने नि हुन्छ के , बरु त्यसको सट्टा  अरु सजिलो कुरा सके हुदैन र ?  न्युटनको नियम प्रमाणित गर्न जानेर व्यवहारमा के उतार्ने हो।  भौतिकीको प्रोफेसर भएदेखि अर्को कुरा हो।  सबैजना भौतिकीको प्रोफेसर हुने पनि त होइन।  


ए भगवान, सात कक्षाको बच्चाले क्यलुकलास किन रटाउनु पर्यो ?
बरू त्यसको सट्टा लाइफवाय साबुनले कसरी हात धुनुपर्छ भनेर सिकाए राम्रो हुने नि।  

हाम्रो नानीहरुलाई अहिले नेपालमा कहिले फेला नपर्ने तरकारी , जनावर , फलफूलको नाम रटाउनु भन्दा आफ़ो वरपरको प्रकृति , म म भन्दा पनि  मिलेर समूहमा काम गर्ने बानी , परिवारको लाडले माया भन्दा समाजमा अनुशासित , मिलनसार
निस्वार्थी भएर काम गर्न सिकेको पो राम्रो। अनि प्रकृतिलाई माया गर्ने , हातेमालो गरेर हिड्ने, दु:खी , गरीबलाई माया गर्ने
आदि सही अर्थको शिक्षा सिकाउनु आवश्यक छ।
 
नम्बर ल्याउन अनावश्यक व्यवसायमूलक शिक्षाले व्यक्तिगतरुपले उन्नति भएपनि समाज वर्षौ सम्म यसरी नै रहिरहने छ।  यसले कुनैपनि हालतमा समाज उभो लाग्दैन किनकि पढेर, परेर होइन , गरेर देखाएर जानिन्छ जस्तो लाग्दछ।


                    ***                  ***          ****

Comments