निर्दोषी चश्मा





त्यसो त मेरा  आँखा त्यति पावरवाला छैनन् ।   १० वर्ष   अगाडि  नै समस्या देखिएको थियो तर   पछि त 
हराएर नै गयो।   त्यो भन्दा अगाडि  आँखाको पावर २ भन्दा बढी थियो।  तै पनि चश्मा लगाउन अल्छी लाग्दछ। 

त्यो  अफ्रिकाका  मासाई  गाउँका मानिसले ५ किलोमिटर पारीका लायन या जिराफ पनि सजिलै देख्न सक्छन्  रे।  
हो, त्यो जति नै  त  नभनौ  तर  निकै नै  पावरफुल भएको अवस्था थियो।

कम्प्युटरको  काम गर्नु पर्ने, अलि अलि त आँखा कमजोर हुँदै आएको नै छ।  चश्मा लगाइन भने त टाढाको त ठ्याम्मै देख्न सक्दिन। अनि कहिलेकाही त अफिसमा  कस्तो  रहेछ भने लबीमा हिडिरहेको   अवस्था। आफूभन्दा वरिष्ट पनि हुने।  
अनि अनुहार नै नचिनी हात जोड्न पनि नमिल्ने।  अनि यो चसु कति मातेको रहेछ भनेर पनि भन्न पनि भ्याउँछन होला नि। 
तर  भने भनुन्।  कसले के भन्छ भनेर चित्त दुखाएर वस्ने जमाना बाई बाई गरिसकेको अवस्था। 

त्यसो त मलाई जापानी सबैको अनुहार उस्तै उस्तै लाग्दछ।  अनि  नलगाउँदा  त फरक परेन। अनि  अनुहार नै छुट्टयाउन समय लगाउन भन्दा देखे पनि नदेखे झैँ गरी   हिड्यो हाइ सन्चो नि।  जापानमा अक्सर  त्यस्तै गरिन्छ त। कति निरीह समाज।  


जापानीलाई पनि हामी नेपालीको अनुहार उस्तै उस्तै  रहेछ।  एकचोटि जापानी भाषाको स्कूलको कुरा।  एकजना नेपाली साथी र म होस्टेलमा बसेको अवस्था। एकदिन नेपाली साथी मेरो कोठामा आएको अवस्था। 

" चसु , त्यो सफा गर्ने बुढीले - 'वाशिङ्ग मेशिनमा तिमीले झ्यालको पर्दा धुन राखेको रहेछौ।  धुजा धुजा नै  परेछ , मैले त फालिदिए ' भनेर  भन्दै थिइन् , मैले त केही कुरै बुझिन र तिम्रो ठाउँमा आएको "

- साथी अलि अलि किकर्तव्यविमुढ़को अवस्थामा थिए ।  

म मूर्छा परेर हाँस्न थाले।  खासमा  त्यो पर्दा मैले वाशिङ्ग मेशिनमा धुन राखेको थिए।  १८ वर्ष अघि , अब काठमाडौबाट भर्खर भरखर जापान आएको अवस्था। 

काठमाडौमा डेरामा आधा बाल्टी पानीले दुइवटा कमीज , एउटा पाइन्ट दुइटा मोजा धोएको ठिटोलाई यहाँ वाशिङ्ग मेशिनमा धुन पाए पछि के चाहियो। 

वाशिङ्ग मेशिनमा धुन मिल्ने र नमिल्ने कपडा हुँदा रहेछन्।  बल्ल थाहा भयो।  महात्मा गान्धीको फोटो भएको सबै कागज पैसा हुँदैनन् भन्ने पीकेमा  अमीर खानलाई बोध भए जस्तो। 

साथीलाई मैले वाशिङ्ग मेशिनमा राखेको कुरा  बेलिबिस्तार गर्दा ऊ पनि निकै हाँस्यो नि। १ वर्ष सँगै दुवै जना नेपालीलाई पनि छुट्याउन नसक्ने ती जापानी बुढी आमाका आँखा। 

चश्मा लगाउन अल्छी गर्नु हुँदैन।  किनकि चश्मा लगायो भने कहिलेकाही अलि कति आत्मविश्वाश पनि बढ्छ , किनकि 
नदेखिनु मात्रैमा होइन, देखिनुमा पनि  दोषी त  यिनै दुवै आँखा हुन् चश्मा होइन।

 जस्तो कि टेबुल अगाडि उभिएकी सेक्रेटरीलाई   घुरी घुरी चश्मा माथि माथिबाट हेर्ने हाकिम नै किन नहोस्। 

                                                                   ***      *** 


Comments

Popular posts from this blog

सिंह खरायो कथा

Privacy Policy

एबाकस र कप्युटर संसार