Posts

Privacy Policy

  Privacy Policy : QR Reader This Privacy Policy outlines how we handles information within our mobile application in the the App. Our App is designed for general audiences, including children, and we do not collect any personal information from users. Information Collection We do not collect any personal information or data from users of our App. We do not use cookies, tracking technologies, or any other methods to collect or store user information. Use of Information Since we do not collect any user information, there is no data to use or share with third parties. Children's Privacy Our App is appropriate for use by children of all ages. We do not knowingly collect any personal information from children under the age of 13. If you believe that we may have inadvertently collected personal information from a child under 13, please contact us immediately so we can take appropriate action. Data Security Even though we do not collect any user data, we are committed to ensuring the sec...

फिशटेल देखि फुजी सम्म : धनुषको ओडिसी

Image
अध्याय १: द फिसटेल क्रॉनिकल्स (उमेर २०)  हिमालहरूले सपनाहरू र हावामा फुसफुसाएको कथाहरू बोकेको पोखराको मुटुमा धनुष नाम गरेको एक युवा केटा बस्थे। उनका दिनहरू फिस्टेल माउन्टेनको रंगले रंगिएका थिए, एक विशाल क्यानभास जसको विरुद्धमा उनको बाल्यकाल खुल्यो। हरेक साँझ, सूर्य चुचुरो पछाडि डुब्दा, अर्जुन आफ्नो क्षितिजमा प्रभुत्व जमाउने सिल्हूटबाट प्रेरित कथाहरू बुन्दै आफ्नो झ्यालमा बस्ने गर्थे। धनुषको कथाहरू आफ्नी हजुरआमाको पुरातन कथाहरूको जादूबाट जन्मेका थिए, र उनको आँखामा एक झलकसहित, उनले यी मनमोहक कथाहरूलाई संसारसँग साझा गर्न २० वर्षको उमेरमा अगाडि बढे। उनको आवाज, पुरानो र निर्दोषताको मिश्रणले फिशटेलको छायामा बिताएको बाल्यकालको जीवन्त चित्र कोरेको थियो। उनलाई थोरै थाहा थियो, यो उनको कथा सुनाउने ओडिसीको पहिलो अध्याय मात्र थियो। अध्याय २: फुजीको अन्तराल (उमेर ३०) तथापि, जीवनसँग कथाकारहरूलाई अप्रत्याशित मार्गहरूमा स्टेयर गर्ने तरिका छ। ३० वर्षको उमेरमा, धनुष आफूलाई उदाउँदो सूर्यको भूमिमा भेट्टाए, जहाँ माउन्ट फुजी फिशटेलको परिचित सिल्हूटलाई प्रतिस्थापन गर्दै स्टोइक सेन्टिनेलको ...

मित्रताको सुन्दर ध्वनि : एक फोटो पुनर्मिलन

एकदिन मेरो कामको दिनको बीचमा, केहि अचम्मको घटना भयो। म बाल्यकालको पुरानो साथी च्याटमा आइन् । उनी एक परी देखिइन् मेरो लागि । उनले हाम्रो प्राथमिक विद्यालयको दिनको एउटा तस्बिर साझा गरिन् र मलाई यसमा म कहाँ थिएँ भनेर अनुमान गर्न सोधिन्।   जब मैले फोटो खोल्न क्लिक गरें, मैले भावनाहरूको भीड महसुस गरें। केटाकेटीहरूको शैक्षिक भ्रमणको समुह फोटो , सबै मुस्कान र खुसी, समय मा जमेको थियो। र त्यहाँ, यो सबैको बीचमा, छोटो कपाल र नीलो स्वीटर साथ एक कान्छो म पनि थिएँ।  मेरो साथीले प्रश्न फेरि सोधिन् : "के तिमी पत्ता लगाउन सक्यौ कि तिमी कहाँ छौ ?" मैले पुराना साथीहरूको अनुहार हेर्दै फोटो हेरेँ। र त्यसपछि यसले मलाई हर्ष विभोर बनायो - म त्यहाँ थिएँ, मेरो जीवनको समय साथीहरूसँग बिताएको एउटा सानो सुन्दर संसार थियो जहाँ नामहरू मेरा लागि कति अमूल्य ।   जब मैले अनुमान लगाएँ र मेरो जवाफ टाइप गरें, ममा खुशीको लहर आयो, र मेरो आँखामा आँसु भरियो। कामको तनाव अचानक सानो महसुस भयो, एक समयको मीठो सम्झनाहरू द्वारा प्रतिस्थापित भयो जब समस्याहरू साना थिए, र हरेक दिन एक साहसिक थियो।  ...

राजु र चन्द्रमा मामा

Image
घाँसको मैदानमा, राजु, एक जिज्ञासु खरायो, हरेक रात चन्द्रमाको उज्यालोलाई  माया गर्थे  ।  एक साँझ,उसको साथी  बुद्धिमान उल्लू नेत्रलालले खबर ल्याए , "भारतले चन्द्रमामा स्पेसशिप प्रक्षेपण गर्यो!" राजुले आँखा फराकिलो पारे । "के हामी तिनीहरू जस्तै चन्द्रमा भ्रमण गर्न सक्छौं?" नेत्रलालले जवाफ दिए, "जरुर , ठूलो सपना किन नदेखेको नि ?" राजुले साथीहरू जम्मा गरे - सुमी , वृन्दा  र डोटी। तिनीहरूले पातहरू र सिन्काहरू सहित एक विचित्र चन्द्र रकेट बनाए। ताराहरूले भरिएको रातमा, तिनीहरू माथि उठे, ताराको धुलो पछ्याउँदै। चन्द्रमाको क्रेटरहरूले तिनीहरूलाई छक्क पारे। चन्द्रमाले उनीहरूलाई न्यानो स्वागत गरे। "हामीले सपनालाई वास्तविक बनायौं," राजुले मुस्कुराए। तिनीहरूको घाँसमा फर्केर, तिनीहरूले आफ्नो कथा सबैलाई सुनाए । राजुलाई थाहा थियो: सपना देख्ने, साहसी र साथीहरूले चमत्कार बनाउँछन्। अब, राजुको चन्द्रमाको यात्राले सबैलाई ताराहरूसम्म पुग्न प्रेरित गर्नेछ ।

Python Pandas

 I need to create dictionary from csv file and get values. The CSV is  items.csv  A,100000 B, 100000 C, 1000045 I need to search with first column and get second column over a dict. What I did is to transpose the table. items = pd.read_csv( 'items.csv' , index_col = 0 , header = None ).T.to_dict() def search_value (key_item): for item in items .keys(): if item == key_item: print( str (items[item][ 1 ]))

हामीले चाहेको कस्तो विकास हो

"के रोड  सडक बन्दैमा विकास हुन्छ , रोड बाटा बनाउनु मात्रै विकास हो ?" गतहप्ता नेपाली दूतावास टोकियोले आयोजना गरेको जापानमा रहेका विज्ञहरुको सम्मेलनमा टोकियो विश्वविध्यालय एक न्यूरो सर्जन भाई कड्किए।  निश्चय पनि उनको प्रश्न जायज थियो।  किनकि हामीले देखेको नेपालको विकास र विकास आयोजना  धेरै कुरा अपरिपक्व र सतही छन्।  हामी प्रथम त प्राणी हौ।  स्वथकर खाना , सफा पानी , सफा वातावरणमा बाच्नु पहिलो विकास हो।  त्यो फेज पुरा भयो त , निश्चय नै राजधानीमै स्वच्छ पानी र सफा हावा पाउन झन् झन्  गार्हो भैरहेको छ।  त्यस पछि शिक्षा , औषधिमूलो  प्राथमिकता आउँछ।  शिक्षाको कुरा  गर्दा अर्को एकजना विज्ञ भन्दै हुनुहुन्थ्यो - नेपालका २ कक्षामा  फोटो सिन्थेसिसिस  भन्ने विज्ञानको निकै गार्हो शव्द सिकाइन्छ।  तर हात धुने , दाँत माझ्ने जस्तो कुराहरू विरलै सिकाइन्छ।  स्वास्थ्यको कुरा गर्दा एकैचोटि क्यान्सर ,मुटुको रोगको कुरा गरिन्छ, सानो रुघा हेलचेक्राई गरिन्छ।  कसैले वैज्ञानिक तरीका स...

सिंह खरायो कथा

Image
एकादेशमा एउटा जंगल थियो रे।   जंगलमा एउटा सिंह राजा थियो रे।  समय बित्दै गयो र सिंह पनि बूढो हुदैँ गयो र शिकार गर्न सकेन।  अनि उसले जंगलका सबै जनवारलाई बोलायो र भन्यो  ।   " सुन सबै जना ,  बूढो भएँ , अब मा शिकार गर्न सक्दिन , तिमीहरू एक एक गरेर मेरो मा आउनुपरेको अवस्था , अनि म तिमीलाई खान्छु।  "  अरू जनावरले सिंहको कुरा सुनेर माने र अर्को दिनदेखि एक एक जना गरी सिंहको घरमा जाँदा भए।                     ***              **** **** अरु जनवार झैँ एकदिन खरायोको पालो आयो।  एकदिन एउटा खरायोको पालो आयो।  यसै मर्नु त्यसै मर्नु , खरायो विस्तारै सिंहको घरतिर लाग्यो।  अनि ऊ सिहको अगाडि टुपुलुक्क उपस्थित भयो।   " तँलाई डाम्ना खरायो , यति ढिलो हुन्छस् , मलाई भोक लागिसक्यो भन्ने थाहा छैन ? म त  तँलाई  अहिल्यै ह्याम्म खाईदिन्छु " - सिंह रिसाउँदै भन्यो।  " महाराज , म हजुरको आउँदै थिए, बाटोमा अ...

निर्दोषी चश्मा

Image
त्यसो त मेरा  आँखा त्यति पावरवाला छैनन् ।   १० वर्ष   अगाडि  नै समस्या देखिएको थियो तर   पछि त  हराएर नै गयो।   त्यो भन्दा अगाडि  आँखाको पावर २ भन्दा बढी थियो।  तै पनि चश्मा लगाउन अल्छी लाग्दछ।  त्यो  अफ्रिकाका  मासाई  गाउँका मानिसले ५ किलोमिटर पारीका लायन या जिराफ पनि सजिलै देख्न सक्छन्  रे।   हो, त्यो जति नै  त  नभनौ  तर  निकै नै  पावरफुल भएको अवस्था थियो। कम्प्युटरको  काम गर्नु पर्ने, अलि अलि त आँखा कमजोर हुँदै आएको नै छ।  चश्मा लगाइन भने त टाढाको त ठ्याम्मै देख्न सक्दिन। अनि कहिलेकाही त अफिसमा  कस्तो  रहेछ भने लबीमा हिडिरहेको   अवस्था। आफूभन्दा वरिष्ट पनि हुने।   अनि अनुहार नै नचिनी हात जोड्न पनि नमिल्ने।  अनि यो चसु कति मातेको रहेछ भनेर पनि भन्न पनि भ्याउँछन होला नि।  तर  भने भनुन्।  कसले के भन्छ भनेर चित्त दुखाएर वस्ने जमाना बाई बाई गरिसकेको अवस्था।...

एबाकस र कप्युटर संसार

Image
हिजो अभिले  खेलौना किनेको एबाकस किनेछ।  निकै समयपछि एबाकस देखेपछि मलाई निकै रमाइलो लाग्यो।  एबाकस हामीहरुले अंकको गुना सिक्द्दा सानोमा पढेका थियौ।   बास्तबमा एबाकस  जान्ने  हो भने हो भने क्यलुकेलेटर  चाहिदैन।  मैले जापानमा कति सब्जी पसलमा बुढी आमैहरुले एबाकस हिसाब गरेको देखेको छु।  एबाकसबाट हिसाब गर्न निकै सजिलो हुन्छ।  जस्तै  ३ अंक (९९९  सम्म ) एबाकस  चित्रण  गरे को छु। |     |       | -------------- २११ र १३१ जोडेर  हेर्यो २११   एबाकसमा  यस्तो हुन्छ। |     |       | o    |       | o    o      o --------------  याने सयको स्थानमा २ वटा ढ्याक दशको स्थानमा १ वटा  १ स्थानमा १ वटा ढ्याक . त्यस्तै गरी १३१ पनि लेखौ |     |   ...

साहित्य भाव र सपनाहरू

Image
साहित्य भाव र सपनाहरू  जापानमा एउटा पुरानो गीत छ ,  चुकिनो साबाकू   अर्थ हुन्छ  चाँदनी रातको मरुभूमि ।  कातो मासाओले १९२३ मा लेखेको यो गीत  किन हो किन मलाइ मन पर्छ।   गीतले  मरुभूमि नै नहुने एक किशोरले  मरुभूमिमा देखेको चाँदनी रातको कल्पना गरेका छन्।  गीतमा उनी भन्छन् - " चाँदनी रातको मरुभूमिमा दुइवटा उँट कतै टाढाबाट आए।  एउटामा सुनको आसन थियो , एउटामा चादीको  आसन थियो।   सुनको आसनमा राजकुमार थिए , चाँदीको आसनमा राजकुमारी थिइन्।  कतै टाढाबाट आएर कतै  चाँदनी रातको मरुभूमिमा  बिस्तारै कतै हराए।   गीतले  भन्ने यति नै हो तर यो गीतमा अपार भाव छ।  मरुभूमिनै नहुने जापानमा लेखकले  किन मरुभूमि कल्पना गरे , रोचक प्रसँग छ।  लेखक त्यो बेला टिबिका बिरामी  थिए , उनी चिबा शहरकॊ  एउटा समुद्री तटमा बसेर आफ्नो देशबाट निकै परको मरुभूमिको कल्पना गरेका थिए।  त्यो बेला जापानीलई निश्चय नै समुद्रपार जान निकै ठूलो...

चाँदनी चोक

Image
केही वर्ष अगाडि कामको सिलसिलामा मलाई भारत जाने अवसर मिलेको थियो।   त्यही सिलसिलामा अन्तिम दिन , हामी चाँदनी चोक घुम्न पुगेका  थियौं। अचाक्क्ली  गर्मी थियो। मानिसहरूको ठूलो भीडभाड।  बाटोमा खेलौना , कपडा बेचेर बस्ने सडक ब्यापारी बग्रेल्ती।   त्यतिकै एउटा बुढी आमा हाम्रो नजीक आइन्।  उनले एउटा चटकी जस्तो बेचेकी थिइन्।   हिन्दीमा  लैजानु लैजानु भनेर कर गरेकी थिइन् , मसँग यहाँबाट गएका केही   वरिष्ट कर्मचारी थिए। उनीहरूले हिन्दी पनि बुझेनन् र त्यो चकटीमा केही चासो पनि देखाएनन्।   तर मलाई किन किन एउटा कुरामा निकै घत लागेर आयो।  हुन त हामी नेपाली बस्ने उठ्ने सम्म भारत र भारतको संस्कृति नभई बाच्न सक्दैनौ  होला, सिनेमा , खानेकुरा , लगाउने फेशन सबै त्यहीबाट भित्रने हो कि जस्तो लाग्दछ।   यसरी हाम्रो जीवनशैलीको  मक्का भनेको भारतको  दिल्ली शहर अवश्य नै  म भित्र पनि एउटा इतिहास भनौ कि हुटहुटीले  भरिएको शहर र भ्रमण  थियो।   जापान आएको नि १८ वर्ष भयो।  यहाँको प्रविधि र ...

कछुवा ,मूसा, काग र मृगको कथा

Image
एकादेशमा एउटा जंगल थियो रे।  जंगलमा एउटा मुसा, कछुवा, मृग र काग थिए रे।  सबैजना साथी थिए  रे।  उनीहरु एकदम मिलेर बसेका थिए रे।  एकदिनको कुरा हो  कछुवालाई बसिराखेको नजीकैको पोखरीमा बस्न झ्याउ लाग्यो  र। “ म यो पोखरीमा बस्दिन ,  “ - कछुवाले  साथीहरुसँग भन्यो। उनीहरूमा मूसा अलि बुद्दिमान थियो। “कछुवा भाई , जान त जाऊ , तर  बाटोमा ख्याल गर है “ - मुसाले भन्यो।   अनि कछुवा आफ्नो बाटो लाग्यो।    मूसा, काग र मृग आफ्नो साथीलाई बाटोमा केही हुन्छ कि भनेर सतर्क  थिए। अचानक कछुवा बाटोमा हिड्दै  बेलामा एउटा शिकारीले कछुवालाई देखेर थैलोमा राख्यो। “ अहो , हाम्रो साथीलाई त त्यो शिकारीले लग्यो नि “ - मूसा, काग र मृग निकै आत्तिए। अनि उनीहरूले एउटा जूक्ति पत्ता लगाए। शिकारीको बाटोमा मृग मरेजस्तो गरेर सुत्यो  र कागले मृगको कानमा ठुंगी ठुंगी गर्यो।   “ अहो कति ठूलो मृग पर्यो “ - कछुवा बोकेको थैली बिसाएर मृगलाई समात्न शिकारी अघि बढ्यो।  त्यही बेला पारेर मूसाले कछुवा राखेको थैली आफ्ना ...

कमीज

Image
चाडवाड निकै नजीकै थियो।  दिलेको पनि यसपालि दशैंमा त बाले कमीज हालिदिने कुरा थियो। हालिदिने भन्दा पनि दशैमा ल्याइदिने  भनौ।   किनकि पोहोर पनि दशैमा उसले परारकै  झुत्रेको टिशर्टमा चित्त बुझाएको थियो। नभन्दै  दुई चार दिन गन्दै असोज आइहाल्यो।  टिनको बाकस लिएर जुगेदार दिलेका बा पनि पल्टनबाट आए।  सबैलाई केही न केही त ल्याका थिए।   “ ला दिले ,तैले कमीज कमीज भनेको होइनस् , हेर त टेलिकटनको कस्तो नखुम्चने कमीजको कपडा ल्याइदिएको छु।  “ - बा ले दिलेलाई भित्र कोठामा बोलाउदै भन्नु भो। “साँच्चै कमीज भनेको त कपडा , “ - दिलेलाई त्यही दिन नै कमीज लगाउने रहर थियो , अलिकति नरमाइलो लाग्यो।   “ भोलि स्कूल जाँदा  कान्छी दिदीकहाँ दिएर जा न , दशैँ सम्म त तयार हुन्छ नि “ - आमाको ढाडसले भने उसको मन ढुक्क भयो।   दिले त्यो रात निदाउन सकेन।  उसले गोर्खापत्रमा बेरेको बुटा बुटा भएको कमीजको कपडा सुमसुमायो । भोलि बिहान।  कान्छी दिदीकोमा ऊ बिहान आठ बजे नै पुग्यो।   “ल दिदी मेरो यो कमीज छिटै बनाऊ है” ...

बोलक्कड कछुवाको कथा

Image
एकादेशमा एउटा जंगल थियो।  जंगलमा एउटा पोखरी पनि थियो रे।  त्यो पोखरीमा एउटा कछुवा थियो।  त्यो कछुवा एकदम बोलक्कड थियो रे।  जहिले पनि क्याउं क्याउं  नगरी बस्नै सक्दैन थियो रे।   एकदिन कुरा हो  टाढाबाट दुईवटा पानीहाँस  पानी खान त्यो पोखरीमा आए रे।   अनि त्यो गफाडी कछुवा त त्यो पानी खाइराखेका हाँस भएको ठाउँमा गयो रे।  र अनि भन्यो। “ हेलो साथीहरू , आज कस्तो राम्रो दिन हगि ?” - कछुवाले भन्यो। “ अ.… हामी तिमीलाई चिन्दैनौ नि ,यो पोखरीमा पनि कहिल्यै देखेका थिएनौ नि ,  किन बोल्न आएको “ - पानी हाँसहरुले भने।   “ म यो पोखरीमा बस्ने कछुवा हो के , साथी बनौ न “ -    कछुवाले भन्यो। अनि ति पानी हाँस र कछुवा साथी बने , र सँगै खेल्ने, खानेकुरा खोजेर खाने गर्न थाले।     ***   ***  *** समय बित्दै गयो , अचानक त्यो वर्ष त्यो जंगलमा खडेरी पर्यो।  पानीका पोखरी सुक्न थाले , रुख बुट्यान , अनि जीव जन्तुहरू पनि पनि र खानेकुराको अभावमा भकाभक मर्न थाले।   अनि ती पानीहाँ...