Posts

एबाकस र कप्युटर संसार

Image
हिजो अभिले  खेलौना किनेको एबाकस किनेछ।  निकै समयपछि एबाकस देखेपछि मलाई निकै रमाइलो लाग्यो।  एबाकस हामीहरुले अंकको गुना सिक्द्दा सानोमा पढेका थियौ।   बास्तबमा एबाकस  जान्ने  हो भने हो भने क्यलुकेलेटर  चाहिदैन।  मैले जापानमा कति सब्जी पसलमा बुढी आमैहरुले एबाकस हिसाब गरेको देखेको छु।  एबाकसबाट हिसाब गर्न निकै सजिलो हुन्छ।  जस्तै  ३ अंक (९९९  सम्म ) एबाकस  चित्रण  गरे को छु। |     |       | -------------- २११ र १३१ जोडेर  हेर्यो २११   एबाकसमा  यस्तो हुन्छ। |     |       | o    |       | o    o      o --------------  याने सयको स्थानमा २ वटा ढ्याक दशको स्थानमा १ वटा  १ स्थानमा १ वटा ढ्याक . त्यस्तै गरी १३१ पनि लेखौ |     |   ...

साहित्य भाव र सपनाहरू

Image
साहित्य भाव र सपनाहरू  जापानमा एउटा पुरानो गीत छ ,  चुकिनो साबाकू   अर्थ हुन्छ  चाँदनी रातको मरुभूमि ।  कातो मासाओले १९२३ मा लेखेको यो गीत  किन हो किन मलाइ मन पर्छ।   गीतले  मरुभूमि नै नहुने एक किशोरले  मरुभूमिमा देखेको चाँदनी रातको कल्पना गरेका छन्।  गीतमा उनी भन्छन् - " चाँदनी रातको मरुभूमिमा दुइवटा उँट कतै टाढाबाट आए।  एउटामा सुनको आसन थियो , एउटामा चादीको  आसन थियो।   सुनको आसनमा राजकुमार थिए , चाँदीको आसनमा राजकुमारी थिइन्।  कतै टाढाबाट आएर कतै  चाँदनी रातको मरुभूमिमा  बिस्तारै कतै हराए।   गीतले  भन्ने यति नै हो तर यो गीतमा अपार भाव छ।  मरुभूमिनै नहुने जापानमा लेखकले  किन मरुभूमि कल्पना गरे , रोचक प्रसँग छ।  लेखक त्यो बेला टिबिका बिरामी  थिए , उनी चिबा शहरकॊ  एउटा समुद्री तटमा बसेर आफ्नो देशबाट निकै परको मरुभूमिको कल्पना गरेका थिए।  त्यो बेला जापानीलई निश्चय नै समुद्रपार जान निकै ठूलो...

चाँदनी चोक

Image
केही वर्ष अगाडि कामको सिलसिलामा मलाई भारत जाने अवसर मिलेको थियो।   त्यही सिलसिलामा अन्तिम दिन , हामी चाँदनी चोक घुम्न पुगेका  थियौं। अचाक्क्ली  गर्मी थियो। मानिसहरूको ठूलो भीडभाड।  बाटोमा खेलौना , कपडा बेचेर बस्ने सडक ब्यापारी बग्रेल्ती।   त्यतिकै एउटा बुढी आमा हाम्रो नजीक आइन्।  उनले एउटा चटकी जस्तो बेचेकी थिइन्।   हिन्दीमा  लैजानु लैजानु भनेर कर गरेकी थिइन् , मसँग यहाँबाट गएका केही   वरिष्ट कर्मचारी थिए। उनीहरूले हिन्दी पनि बुझेनन् र त्यो चकटीमा केही चासो पनि देखाएनन्।   तर मलाई किन किन एउटा कुरामा निकै घत लागेर आयो।  हुन त हामी नेपाली बस्ने उठ्ने सम्म भारत र भारतको संस्कृति नभई बाच्न सक्दैनौ  होला, सिनेमा , खानेकुरा , लगाउने फेशन सबै त्यहीबाट भित्रने हो कि जस्तो लाग्दछ।   यसरी हाम्रो जीवनशैलीको  मक्का भनेको भारतको  दिल्ली शहर अवश्य नै  म भित्र पनि एउटा इतिहास भनौ कि हुटहुटीले  भरिएको शहर र भ्रमण  थियो।   जापान आएको नि १८ वर्ष भयो।  यहाँको प्रविधि र ...

कछुवा ,मूसा, काग र मृगको कथा

Image
एकादेशमा एउटा जंगल थियो रे।  जंगलमा एउटा मुसा, कछुवा, मृग र काग थिए रे।  सबैजना साथी थिए  रे।  उनीहरु एकदम मिलेर बसेका थिए रे।  एकदिनको कुरा हो  कछुवालाई बसिराखेको नजीकैको पोखरीमा बस्न झ्याउ लाग्यो  र। “ म यो पोखरीमा बस्दिन ,  “ - कछुवाले  साथीहरुसँग भन्यो। उनीहरूमा मूसा अलि बुद्दिमान थियो। “कछुवा भाई , जान त जाऊ , तर  बाटोमा ख्याल गर है “ - मुसाले भन्यो।   अनि कछुवा आफ्नो बाटो लाग्यो।    मूसा, काग र मृग आफ्नो साथीलाई बाटोमा केही हुन्छ कि भनेर सतर्क  थिए। अचानक कछुवा बाटोमा हिड्दै  बेलामा एउटा शिकारीले कछुवालाई देखेर थैलोमा राख्यो। “ अहो , हाम्रो साथीलाई त त्यो शिकारीले लग्यो नि “ - मूसा, काग र मृग निकै आत्तिए। अनि उनीहरूले एउटा जूक्ति पत्ता लगाए। शिकारीको बाटोमा मृग मरेजस्तो गरेर सुत्यो  र कागले मृगको कानमा ठुंगी ठुंगी गर्यो।   “ अहो कति ठूलो मृग पर्यो “ - कछुवा बोकेको थैली बिसाएर मृगलाई समात्न शिकारी अघि बढ्यो।  त्यही बेला पारेर मूसाले कछुवा राखेको थैली आफ्ना ...

कमीज

Image
चाडवाड निकै नजीकै थियो।  दिलेको पनि यसपालि दशैंमा त बाले कमीज हालिदिने कुरा थियो। हालिदिने भन्दा पनि दशैमा ल्याइदिने  भनौ।   किनकि पोहोर पनि दशैमा उसले परारकै  झुत्रेको टिशर्टमा चित्त बुझाएको थियो। नभन्दै  दुई चार दिन गन्दै असोज आइहाल्यो।  टिनको बाकस लिएर जुगेदार दिलेका बा पनि पल्टनबाट आए।  सबैलाई केही न केही त ल्याका थिए।   “ ला दिले ,तैले कमीज कमीज भनेको होइनस् , हेर त टेलिकटनको कस्तो नखुम्चने कमीजको कपडा ल्याइदिएको छु।  “ - बा ले दिलेलाई भित्र कोठामा बोलाउदै भन्नु भो। “साँच्चै कमीज भनेको त कपडा , “ - दिलेलाई त्यही दिन नै कमीज लगाउने रहर थियो , अलिकति नरमाइलो लाग्यो।   “ भोलि स्कूल जाँदा  कान्छी दिदीकहाँ दिएर जा न , दशैँ सम्म त तयार हुन्छ नि “ - आमाको ढाडसले भने उसको मन ढुक्क भयो।   दिले त्यो रात निदाउन सकेन।  उसले गोर्खापत्रमा बेरेको बुटा बुटा भएको कमीजको कपडा सुमसुमायो । भोलि बिहान।  कान्छी दिदीकोमा ऊ बिहान आठ बजे नै पुग्यो।   “ल दिदी मेरो यो कमीज छिटै बनाऊ है” ...

बोलक्कड कछुवाको कथा

Image
एकादेशमा एउटा जंगल थियो।  जंगलमा एउटा पोखरी पनि थियो रे।  त्यो पोखरीमा एउटा कछुवा थियो।  त्यो कछुवा एकदम बोलक्कड थियो रे।  जहिले पनि क्याउं क्याउं  नगरी बस्नै सक्दैन थियो रे।   एकदिन कुरा हो  टाढाबाट दुईवटा पानीहाँस  पानी खान त्यो पोखरीमा आए रे।   अनि त्यो गफाडी कछुवा त त्यो पानी खाइराखेका हाँस भएको ठाउँमा गयो रे।  र अनि भन्यो। “ हेलो साथीहरू , आज कस्तो राम्रो दिन हगि ?” - कछुवाले भन्यो। “ अ.… हामी तिमीलाई चिन्दैनौ नि ,यो पोखरीमा पनि कहिल्यै देखेका थिएनौ नि ,  किन बोल्न आएको “ - पानी हाँसहरुले भने।   “ म यो पोखरीमा बस्ने कछुवा हो के , साथी बनौ न “ -    कछुवाले भन्यो। अनि ति पानी हाँस र कछुवा साथी बने , र सँगै खेल्ने, खानेकुरा खोजेर खाने गर्न थाले।     ***   ***  *** समय बित्दै गयो , अचानक त्यो वर्ष त्यो जंगलमा खडेरी पर्यो।  पानीका पोखरी सुक्न थाले , रुख बुट्यान , अनि जीव जन्तुहरू पनि पनि र खानेकुराको अभावमा भकाभक मर्न थाले।   अनि ती पानीहाँ...

उसले चुमेको देश

Image
“यात्रुहरूलाई यो अनुरोध गरिन्छ कि उडान नम्बर .....ले रसिया पाल्नु हुने यात्रुहरू कृपया २ नम्बर गेट अगाडि पाल्नु होला “ - कुर्चीमा निदाइरहेको  निमेश अचानक ब्युझियों।   खेलकूदको एउटा सेमिनारको लागि ऊ रसिया हिडेको थियो।  घण्टौको  उडान पछि ऊ पुग्यो पनि मस्को।   सान्द्रा उसलाई लिन आएकी थिई।   “ कस्तो रहयो निमेश जी तपाईंको   उडान “ - सान्द्राले  गाडीको ऐनामा कपाल मिलाउदै थिई।   “ लामो उडान , म धेरै समय निदाए पनि” - निमेश चश्मा मिलाउँदै  उत्तर दियो।   “आज  होटेलमा रेस्ट गर्नु , भोलि हाम्रो सेमिनार छ , बेलुका स्वागत पार्टी छ नि “ -    सान्द्राले हाँस्दै भनी।   “हवस्” - निमेशको सानो स्वरमा  उत्तर दियो।   भोलि भयो।    “आज हामी फिगर स्केटिंग को नयाँ नियमको बारेमा यो सेमिनार तयार गरेका छौ “ -  दिउसै देखि भोड्का खाएको जस्तो एउटा जुंगेले ठूलो स्वरले सेमिनार उद्घाटन गर्यो।   “ फिगर स्केटिंगमा ट्रिपल जम्प गर्न तिम्रो देशमा कसरी सिकाइन्छ निमेश ?” ...