उसले चुमेको देश
“यात्रुहरूलाई यो अनुरोध गरिन्छ कि उडान नम्बर .....ले रसिया पाल्नु हुने यात्रुहरू कृपया २ नम्बर गेट अगाडि पाल्नु होला “ - कुर्चीमा निदाइरहेको निमेश अचानक ब्युझियों। खेलकूदको एउटा सेमिनारको लागि ऊ रसिया हिडेको थियो। घण्टौको उडान पछि ऊ पुग्यो पनि मस्को। सान्द्रा उसलाई लिन आएकी थिई। “ कस्तो रहयो निमेश जी तपाईंको उडान “ - सान्द्राले गाडीको ऐनामा कपाल मिलाउदै थिई। “ लामो उडान , म धेरै समय निदाए पनि” - निमेश चश्मा मिलाउँदै उत्तर दियो। “आज होटेलमा रेस्ट गर्नु , भोलि हाम्रो सेमिनार छ , बेलुका स्वागत पार्टी छ नि “ - सान्द्राले हाँस्दै भनी। “हवस्” - निमेशको सानो स्वरमा उत्तर दियो। भोलि भयो। “आज हामी फिगर स्केटिंग को नयाँ नियमको बारेमा यो सेमिनार तयार गरेका छौ “ - दिउसै देखि भोड्का खाएको जस्तो एउटा जुंगेले ठूलो स्वरले सेमिनार उद्घाटन गर्यो। “ फिगर स्केटिंगमा ट्रिपल जम्प गर्न तिम्रो देशमा कसरी सिकाइन्छ निमेश ?” ...