Posts

Showing posts from December, 2014

चाँदनी चोक

Image
केही वर्ष अगाडि कामको सिलसिलामा मलाई भारत जाने अवसर मिलेको थियो।   त्यही सिलसिलामा अन्तिम दिन , हामी चाँदनी चोक घुम्न पुगेका  थियौं। अचाक्क्ली  गर्मी थियो। मानिसहरूको ठूलो भीडभाड।  बाटोमा खेलौना , कपडा बेचेर बस्ने सडक ब्यापारी बग्रेल्ती।   त्यतिकै एउटा बुढी आमा हाम्रो नजीक आइन्।  उनले एउटा चटकी जस्तो बेचेकी थिइन्।   हिन्दीमा  लैजानु लैजानु भनेर कर गरेकी थिइन् , मसँग यहाँबाट गएका केही   वरिष्ट कर्मचारी थिए। उनीहरूले हिन्दी पनि बुझेनन् र त्यो चकटीमा केही चासो पनि देखाएनन्।   तर मलाई किन किन एउटा कुरामा निकै घत लागेर आयो।  हुन त हामी नेपाली बस्ने उठ्ने सम्म भारत र भारतको संस्कृति नभई बाच्न सक्दैनौ  होला, सिनेमा , खानेकुरा , लगाउने फेशन सबै त्यहीबाट भित्रने हो कि जस्तो लाग्दछ।   यसरी हाम्रो जीवनशैलीको  मक्का भनेको भारतको  दिल्ली शहर अवश्य नै  म भित्र पनि एउटा इतिहास भनौ कि हुटहुटीले  भरिएको शहर र भ्रमण  थियो।   जापान आएको नि १८ वर्ष भयो।  यहाँको प्रविधि र कैरियरलाई छोडेर वास्तवमा भन्नु पर्दा यहाँ किन हो किन विदेश नै अनुभव हुने गर्दछ।   तर म रत्नपार्कमा २-

कछुवा ,मूसा, काग र मृगको कथा

Image
एकादेशमा एउटा जंगल थियो रे।  जंगलमा एउटा मुसा, कछुवा, मृग र काग थिए रे।  सबैजना साथी थिए  रे।  उनीहरु एकदम मिलेर बसेका थिए रे।  एकदिनको कुरा हो  कछुवालाई बसिराखेको नजीकैको पोखरीमा बस्न झ्याउ लाग्यो  र। “ म यो पोखरीमा बस्दिन ,  “ - कछुवाले  साथीहरुसँग भन्यो। उनीहरूमा मूसा अलि बुद्दिमान थियो। “कछुवा भाई , जान त जाऊ , तर  बाटोमा ख्याल गर है “ - मुसाले भन्यो।   अनि कछुवा आफ्नो बाटो लाग्यो।    मूसा, काग र मृग आफ्नो साथीलाई बाटोमा केही हुन्छ कि भनेर सतर्क  थिए। अचानक कछुवा बाटोमा हिड्दै  बेलामा एउटा शिकारीले कछुवालाई देखेर थैलोमा राख्यो। “ अहो , हाम्रो साथीलाई त त्यो शिकारीले लग्यो नि “ - मूसा, काग र मृग निकै आत्तिए। अनि उनीहरूले एउटा जूक्ति पत्ता लगाए। शिकारीको बाटोमा मृग मरेजस्तो गरेर सुत्यो  र कागले मृगको कानमा ठुंगी ठुंगी गर्यो।   “ अहो कति ठूलो मृग पर्यो “ - कछुवा बोकेको थैली बिसाएर मृगलाई समात्न शिकारी अघि बढ्यो।  त्यही बेला पारेर मूसाले कछुवा राखेको थैली आफ्ना तीखा दाँतली काट्यो र  कछुवा थैलीबाट भागेर नजीकैको पोखरीमा डुबुल्की मार्यो  र मूसा पनि नजीकैको

कमीज

Image
चाडवाड निकै नजीकै थियो।  दिलेको पनि यसपालि दशैंमा त बाले कमीज हालिदिने कुरा थियो। हालिदिने भन्दा पनि दशैमा ल्याइदिने  भनौ।   किनकि पोहोर पनि दशैमा उसले परारकै  झुत्रेको टिशर्टमा चित्त बुझाएको थियो। नभन्दै  दुई चार दिन गन्दै असोज आइहाल्यो।  टिनको बाकस लिएर जुगेदार दिलेका बा पनि पल्टनबाट आए।  सबैलाई केही न केही त ल्याका थिए।   “ ला दिले ,तैले कमीज कमीज भनेको होइनस् , हेर त टेलिकटनको कस्तो नखुम्चने कमीजको कपडा ल्याइदिएको छु।  “ - बा ले दिलेलाई भित्र कोठामा बोलाउदै भन्नु भो। “साँच्चै कमीज भनेको त कपडा , “ - दिलेलाई त्यही दिन नै कमीज लगाउने रहर थियो , अलिकति नरमाइलो लाग्यो।   “ भोलि स्कूल जाँदा  कान्छी दिदीकहाँ दिएर जा न , दशैँ सम्म त तयार हुन्छ नि “ - आमाको ढाडसले भने उसको मन ढुक्क भयो।   दिले त्यो रात निदाउन सकेन।  उसले गोर्खापत्रमा बेरेको बुटा बुटा भएको कमीजको कपडा सुमसुमायो । भोलि बिहान।  कान्छी दिदीकोमा ऊ बिहान आठ बजे नै पुग्यो।   “ल दिदी मेरो यो कमीज छिटै बनाऊ है” कहिले तयार हुन्छ भोलि आउँ ? “ - ऊ कान्छी दिदीले बनाएर तयार भएर झुण्डाइको