Posts

Showing posts from August, 2018

हामीले चाहेको कस्तो विकास हो

"के रोड  सडक बन्दैमा विकास हुन्छ , रोड बाटा बनाउनु मात्रै विकास हो ?" गतहप्ता नेपाली दूतावास टोकियोले आयोजना गरेको जापानमा रहेका विज्ञहरुको सम्मेलनमा टोकियो विश्वविध्यालय एक न्यूरो सर्जन भाई कड्किए।  निश्चय पनि उनको प्रश्न जायज थियो।  किनकि हामीले देखेको नेपालको विकास र विकास आयोजना  धेरै कुरा अपरिपक्व र सतही छन्।  हामी प्रथम त प्राणी हौ।  स्वथकर खाना , सफा पानी , सफा वातावरणमा बाच्नु पहिलो विकास हो।  त्यो फेज पुरा भयो त , निश्चय नै राजधानीमै स्वच्छ पानी र सफा हावा पाउन झन् झन्  गार्हो भैरहेको छ।  त्यस पछि शिक्षा , औषधिमूलो  प्राथमिकता आउँछ।  शिक्षाको कुरा  गर्दा अर्को एकजना विज्ञ भन्दै हुनुहुन्थ्यो - नेपालका २ कक्षामा  फोटो सिन्थेसिसिस  भन्ने विज्ञानको निकै गार्हो शव्द सिकाइन्छ।  तर हात धुने , दाँत माझ्ने जस्तो कुराहरू विरलै सिकाइन्छ।  स्वास्थ्यको कुरा गर्दा एकैचोटि क्यान्सर ,मुटुको रोगको कुरा गरिन्छ, सानो रुघा हेलचेक्राई गरिन्छ।  कसैले वैज्ञानिक तरीका सोच्ने प्रवृति कमै देखिन्छ।  अनि शिक्षा र स्वास्थ्यमा  हाम्रो यो दयनीय स्थित