Posts

Showing posts from July, 2014

भानुभक्त र हाम्रो पहिचान

इ चण्डी सुवेदी यो असार साउनको महिना मलाई किन हो किन नेपालको याद आउँछ।  जापानको व्यस्त शहरहरू बीच नेपालको हरियाली खेतका फाँटहरूका फोटा कतै नेटमा देखियो भनेपनि मन विभोर भएर आउँछ। शायद म गाउँको  परिवारमा हुर्केर पनि होला , तर शायद ती हरियाली खेतहरू त यही पनि छन् नि तर मलाई त्यो नेपालकै गाउँको याद आउँछ  किनकि डा. तारानाथ शर्माको  “घनघस्याको उकालोमा” को शब्दमा भन्नु पर्दा  “ त्यो हरियाली फाँट मेरो थियो , मेरो मुटुको थियो “  । तारानाथ शर्माले सिकाएको माथिको छनक मेरो लागि कति प्रिय छ।   आजभन्दा ३० वर्ष अगाडि गाउँको १ कक्षामा पढ्थे म।  अक्षर चिन्ने कक्षा थियो।  गुरूले  च लेख्नु भयो , च लाई धर्को तानेर चा बनाउनु भयो।  प लेख्नु भयो  प लाई पनि मात्रा दिएर पी  बनाउनु भयो।  अनि सोध्नुभयो - “ केटाकेटी  यो पढ “ “ चापी  “ - मैले उत्तर दिए।   “ स्यावास “ - गुरूले ठूलो स्वरमा उत्तर दिनुभयो।   त्यो दिन मैले यति खुशी भए , ७ बर्षको मैले आफ्नो भाषालाई यति माया गर्न सिके कि  विर्सेको छैन यो १८ औं वर्षको जापानको बसाईमा। नेपाली भाषामा केही यस्ता लवजहरू जसले जिन्दगीको हरेक मोडमा मलाई आफ्

शिक्षा , औपचारिकता र व्यावसाय

Image
आजको  समाचार। होमवर्क सकस  रे।  फोटोको लेख हेर्नुस् , आजित लाग्छ।  यो लेखले हाम्रो नेपालको शिक्षा पद्दतिको बारेमा नै सोच्न लगायो त। जब हामी साना साना थियौं , हाजिरीजवाफमा रुचि।  त्यसको कृपाले थाहा पायौ संयुक्त राष्ट्रसंघको कार्यपत्र  देखि लिंकनको महावाणी।  राम्रो कुरा हो।  सिक्नु जान्नु नराम्रो त कहाँ हो र।   समस्या नयाँ कुरा सिक्नु सिकाउनु होइन , समस्या के सिक्नु र कसरी व्यवहारमा उतार्नु हो। बाटोको फोहर टिप्न नसक्नेले कार्लमाक्स सिद्दान्त फलाक्दै राम्रो हुने होइन।   मैले नेपाली किताबी पाठ्यक्रम निकै उच्चस्तरीय देखेको छु।  ७ कक्षाको किताबमा क्यालकुलस पढाइएको देखेको छु।   गाउँबाट नेपाली माध्यममा पढेर आएका  निमुखा विधार्थीलाई अचानक आईएससीमा अक्सफोर्डको  एडवान्स लेवलको फिजिक्स पढाइन्छ।  प्रोजेक्टाइल रे।  खै केहो केहो। नम्बर ल्याउन पढिने हाम्रो नेपालको शिक्षामा  घोर परिवर्तन आवश्यक छ कि जस्तो लाग्दछ।  न्युटनको नियम प्रमाणित गर्न नजाने नि हुन्छ के , बरु त्यसको सट्टा  अरु सजिलो कुरा सके हुदैन र ?  न्युटनको नियम प्रमाणित गर्न जानेर व्यवहारमा के उतार्ने हो।  भौतिकीको