Posts

Showing posts from November, 2014

बोलक्कड कछुवाको कथा

Image
एकादेशमा एउटा जंगल थियो।  जंगलमा एउटा पोखरी पनि थियो रे।  त्यो पोखरीमा एउटा कछुवा थियो।  त्यो कछुवा एकदम बोलक्कड थियो रे।  जहिले पनि क्याउं क्याउं  नगरी बस्नै सक्दैन थियो रे।   एकदिन कुरा हो  टाढाबाट दुईवटा पानीहाँस  पानी खान त्यो पोखरीमा आए रे।   अनि त्यो गफाडी कछुवा त त्यो पानी खाइराखेका हाँस भएको ठाउँमा गयो रे।  र अनि भन्यो। “ हेलो साथीहरू , आज कस्तो राम्रो दिन हगि ?” - कछुवाले भन्यो। “ अ.… हामी तिमीलाई चिन्दैनौ नि ,यो पोखरीमा पनि कहिल्यै देखेका थिएनौ नि ,  किन बोल्न आएको “ - पानी हाँसहरुले भने।   “ म यो पोखरीमा बस्ने कछुवा हो के , साथी बनौ न “ -    कछुवाले भन्यो। अनि ति पानी हाँस र कछुवा साथी बने , र सँगै खेल्ने, खानेकुरा खोजेर खाने गर्न थाले।     ***   ***  *** समय बित्दै गयो , अचानक त्यो वर्ष त्यो जंगलमा खडेरी पर्यो।  पानीका पोखरी सुक्न थाले , रुख बुट्यान , अनि जीव जन्तुहरू पनि पनि र खानेकुराको अभावमा भकाभक मर्न थाले।   अनि ती पानीहाँसका जोडीले सल्लाह गर्न लागे।   “ अब यो जंगलमा बसेर बाँच्न सकिंदैन होला , अर्को कुनै जगलमा जाऊ “ - पानीहाँसहरुले