Posts

Showing posts from June, 2014

नाम र दामका कुरा

अस्ति यसो गाउँले कै भलो होला कि भनेर एउटा नेपाली  पसलमा  पसेर हेरे।   कुरै कुरामा एउटा  नयाँ नयाँ नेपाली सोल्टीले भने- " ल यस यत्रो वर्ष जापान वसेपछि यसो नाम दाम  पनि कमाउन पर्यो नि। "  भर्खर विदेश  आएको सोमको के नै देखेको  हुन्छ र, प्याच्च बोल्यो।   " मलाई  त नाम त छोडदिनोस गुरूजी  , दाम नै पुगेको छैन भन्या " - मेरो सोझो उत्तर थियो।   " किन नपुग्ने  महिनाको १२ मन खानीलाई हामीलाई त पुगेको छ , तपाईलाई किन नपुग्ने ?" - उसले देखेको कुरामा ढिपी छोडेन।   " हेर्नोस पुग्ने नपुग्ने आफ़्नै मापदण्ड हुन्छन्  , मेरो अफिसको प्रमुखको आफ्नो निजी बोइग छ त किन ऊ रातदिन घोटिएको हुन्छ त " - मेरो जवाफ थियो।   सोमले अलि धेरै नै बुझेछ, चुप लाग्यो।   तर सोमले उठाएको एउटा  कुरा, नामको कुरा।  यो कुराले मलाई अलि घचघचायो।   किन हो किन , हाम्रो वंशाणुनै , नाम र मान पछाडि धेरै नै दौडिएको छ कि , जहाँपनि सम्मान , फेटा  अनि के के हो के के।   सिन्को भाँच्नु छैन , यसै  मपाई , अस्तिको त्यो के के विभूषणको समाचार हेर्नु ,पंचायती काल भन्दा ग