Posts

Showing posts from November, 2013

संविधान सभा २०७० पछिको आशा लाग्दो नेपाल र हाम्रो सुझाव

गत हप्ता केहीलाई अपेक्षित केहीलाई अनेपक्षित रुपमा संविधान सभाको परिणाम पनि आयो।  एउटा साधारण नागरिकको हिसाबले चाहेको अब नेपालको राजनीतिक र सामाजिक  परिवेश सम्बन्धी बुदाँगत रुपमा   चाहना यस प्रकार छ। १. राजनीतिलाई पेशा नबनाऊ   राजनीति समाज सेवा हो।  राजनीतिलाई कमाउने भाँडो नबनाऊ।  पेशा अरु कुरा नै गर , पशुपालन गर , व्यवसायिक कृषि गर , तर बजेटको पैसाले कार्यकर्ता नपाल।  बजेटले बाटो खन , धारा ल्याऊ , बिजुली ल्याऊ। त्यो धारा  बिजुली विकास गरे सुख पाउने तिम्रै नागरिक हुन्, तिम्रै गाउँले हुन् ।    २ शिक्षा प्रणाली र सिकाउने कुरा  बदल    १ ०० वर्ष अगाडि रसियामा के भएको थियो, जर्मनीमा के भएको थियो , फलानाले के भनेका छन् हॊइन कि अहिले चीनमा के भएको छ , रसियामा के भएको छ , जापानमा के भएको छ , सिक र अनुसरण गर ,  कति किताबी ज्ञानमा मात्रै भुल्छौ हो  बुजुर्गहरु।   अनि विधालयमा पनि गाह्रा गाह्रा सैद्दान्तिक  र दार्शनिक कुराभन्दा बालबालिकालाई  कसरी मिलेर गर्ने , कसरी दुखीलाई माया गर्ने , प्रकृति र रुख बिरुवालाई माया गर्ने , कुन कुरा खाए पौष्टिक हुन्छ  आदि स्कुले शिक्षा सिका

जिराफको कथा

Image
एकादेशमा एउटा जंगल थियो रे।  त्यो जंगलमा लामो घाँटी भएको जिराफ बस्दथ्यो रे।  त्यो जिराफ दिनभरी खेलेर बस्दथ्यो रे।  अनि त जाडो मौसम आयो रे , अनि त जताततै भयो रे।  तर त्यो सानो जिराफले  जहिले सुकै हान सोदे (छोटा बाउला ) को  मात्रै टिशर्ट लगाउँदथियो रे।  मामुले जति सम्झाए पनि मान्ने हैन नि।  त्यो सानो जिराफले को मामुले ,बाबाले  सबैले लाम बाउले कमिज लगाए पनि  त्यो सानो जिराफले हान शोदे मात्रै लगाउने भन्दो रहेछ रे। अनि एकदिनको कुरा हो ,एकदमै जाडो रहेछ रे।  अनि त्यो सानो जिराफले  त नागा सोदे लगाउँदिन नागा सोदे लगाउँदिन भनेर झगडा गरेछ रे।  अनि एकदम जाडो भएछ रे अनि त्यो सानो जिरफ्ले एकछिन पच्ची हाच्छिउ हाच्छिउ गरेछ।  अनि नाक बाट हाना मिजु पनि आएछ रे।  अनि त्यो सानो जिराफलाई ज्वरो पनि आएछ रे अनि सानो जिराफको लामो नेक पनि रातो भएछ रे। “ अया मामु , मलाई त दुख्यो “ - त्यो सानो जिराफले रूदै भनेछ रे।   “अनि तिमीलाई नागा सोदे लगाउनु भनेको हैन “ - मामुले सानो जिराफलाई सम्झाउँदै भन्नु भयो रे। अनि सानो जिराफलाई झन् दुखेर ताइहेन भएछ रे।   मामुले हप्पिटल लैजाऊ भने पनि रति भएर बाहिर ब्ल्या

सिमीका कोसा

  त्यसो त माइली दिदी त्यति अपरिचित होइनन्।  उनी एकदम मधुरो बोल्दथिन। एउटा हाते मेशिन थियो।  त्यसैले  गाउँ भरिको कपडा सिलाउन उनीलाई हम्मे हुन्थ्यो।  श्रीमान विदेश थिए केरे।  छोरा छोरी हामीसित पढ़दथे।   त्यो जमाना दमिनी भनेर हेला त गर्ने नै भए असतीहरुले।   एउटी आइमाइले कसरी त्यत्रो परिवार धानेकी थिइन , अचम्म लाग्दथ्यो।  दशैं पनि आयो।  सदा झैं।  मेरो पनि स्कुल ड्रेस सिलाउनु थियो।   माइली दिदीकहाँ  लगेर दिए। “कहिले तयार हुन्छ दिदी “ - मैले सोधे। “ १  हप्ता पछि आउनु नि  बाबु “ - ती दिदीले भनिन्। एकहप्ता पछि गएँ।   “तयार भएछ बाबु , लैजानु “ - माइली दिदीले गोर्खापत्रमा  बेरेर दिएकी थिइन्। त्यो जमाना नया कपडा लगाउदा कस्तो मन पनि नया हुन्थ्यो , अर्कै खुशी हुन्थ्यो। मैले बाल मन विचार गरे, माइली दिदी कति जाती हुन्।  त्यो नसिलाएको कपडा त के नै हो र।  कपडा सिलाएर लाउन पाउदा पो रमाइलो हुन्छ।  एउटा टुक्राबाट मेरो फिता भएको स्कुल ड्रेस बनाइदिने माइली दिदी कति जाती। केही दिन पछि   माइली दिदी हाम्रा घर आइन् , कपडा सिलाए बापत ज्याला लिन आएकी होलान्।  चामल पैसा के के ला

हिप्पोको कथा

Image
एकादेशमा एउटा पोखरी थियो रे।  त्यो पोखरीमा एउटा सानो मोटु मोटु हिप्पो बस्थ्यो रे।  हिप्पो  मोटो थियो रे।  दिनभरि पानीमा पौडेर बिताउँथियो रे।   एकदिन हिप्पो  आफ्नो साथीहरुसँग पानीमा खेलिरहेको थियो।  अनि एकछिन पछि  त ताइफ़ु आयो रे।  अनि त्यो पानीमा बसेको हिप्पोलाई पनि बगाएर लग्यो रे नि।  अनि त्यो हिप्पोको बाबाले ताइहेन दा  ताइहेन दा भन्दै हिप्पोलाई  च्याप्प समातेर राख्नुभयो रे।  त्यो हिप्पोको बाबा यासशी थियो रे।  अनि त्यो हिप्पोको बाबाले त्यो हिप्पोलाई आइसक्रिम , मिठाइ , चुइगम के के किनिदिनुभयो रे।  अनि त्यो हिप्पोको बाबाले जुमा पनि घुमाउन लैजानु भयो रे।   अनि त्यो सानो हिप्पो ज्ञानी भएर बस्यो रे अनि बाबासित पनि चुनु गर्यो रे। सुन्नेलाई सुनको कथा भानीलाई फूलको कथा , यो कथा वैकुण्ठ जाला भने बेलामा तुरुन्त आइजाला।

राइनोको कथा

Image
राइनोको कथा एकादेशमा एउटा जंगल थियो रे।  त्यो जंगल नजिक एउटा दिदीको घर थियो रे।  त्यो दिदीको धेरै गाइभैसी थियो रे। त्यो भएर त्यो दिदी घाँस काट्न जंगल जाने गर्थ्यो रे। एकदिनको कुरा हो  । त्यो दिदी जंगलमा घाँस काट्दै थियो रे।  अचानक टाढा बात एउटा मोटो राइनो आयो रे।  अनि त्यो दिदी त् डराएर नजिकै को रुखमा हतपत चढ़िहाल्यो रे।  अनि त त्यो राइनोले तलबाट रुखमा डंग डंग गर्दै हान्यो रे। अनि त्यो रुख त् धेरै हल्लियो रे।  अनि त त्यो दिदीलाई जिसिन आएको जस्तो भयो रे। अनि त त्यो दिदीलाई धेरै डर लागेको रे।  तर त्यो दिदीले नआतिकन रुखमा बेसरी समातेर बसेको रे। एकछिन पछि त्यो त्यो राइनो चुकारे भयो रे।   अनि त्यो राइनो आफ्नो घर लग्यो रे।  अनि त्यो दिदी विस्तारै रुखबाट ओर्लेर घर गयो रे।  अनि त्यो त त्यो दिदी घर गएर माम खायो र अफुरो बसेर चुनु गर्यो रे। भन्नेलाई फूलको माला सुन्नेलाई सुनको माला यो कथा वैकुण्ठ जाला शिक्षा : हामीहरु जस्तो आपद पर्दा खेरि पनि आतिनुहुदैन।         कर्ण शाक्यको “सोच “ बाट केटाकेटीलाई भन्न सरलीकरण गरिएको