Posts

Showing posts from January, 2015

एबाकस र कप्युटर संसार

Image
हिजो अभिले  खेलौना किनेको एबाकस किनेछ।  निकै समयपछि एबाकस देखेपछि मलाई निकै रमाइलो लाग्यो।  एबाकस हामीहरुले अंकको गुना सिक्द्दा सानोमा पढेका थियौ।   बास्तबमा एबाकस  जान्ने  हो भने हो भने क्यलुकेलेटर  चाहिदैन।  मैले जापानमा कति सब्जी पसलमा बुढी आमैहरुले एबाकस हिसाब गरेको देखेको छु।  एबाकसबाट हिसाब गर्न निकै सजिलो हुन्छ।  जस्तै  ३ अंक (९९९  सम्म ) एबाकस  चित्रण  गरे को छु। |     |       | -------------- २११ र १३१ जोडेर  हेर्यो २११   एबाकसमा  यस्तो हुन्छ। |     |       | o    |       | o    o      o --------------  याने सयको स्थानमा २ वटा ढ्याक दशको स्थानमा १ वटा  १ स्थानमा १ वटा ढ्याक . त्यस्तै गरी १३१ पनि लेखौ |     |       | |     o      | |     o      | o    o      o -------------- अब जोडेर हेर्दा  यस्तो हुन्छ।  सय सयका , दश दश का एक एकका ढ्याक  थप्यो , जोड्फल आइहाल्छ। |     |       | |     o      | o    o      | o    o      o o    o      o -------------- ३    ४      २  याने  ३४२ भएन त अब। वास्तवमा  एबाक

साहित्य भाव र सपनाहरू

Image
साहित्य भाव र सपनाहरू  जापानमा एउटा पुरानो गीत छ ,  चुकिनो साबाकू   अर्थ हुन्छ  चाँदनी रातको मरुभूमि ।  कातो मासाओले १९२३ मा लेखेको यो गीत  किन हो किन मलाइ मन पर्छ।   गीतले  मरुभूमि नै नहुने एक किशोरले  मरुभूमिमा देखेको चाँदनी रातको कल्पना गरेका छन्।  गीतमा उनी भन्छन् - " चाँदनी रातको मरुभूमिमा दुइवटा उँट कतै टाढाबाट आए।  एउटामा सुनको आसन थियो , एउटामा चादीको  आसन थियो।   सुनको आसनमा राजकुमार थिए , चाँदीको आसनमा राजकुमारी थिइन्।  कतै टाढाबाट आएर कतै  चाँदनी रातको मरुभूमिमा  बिस्तारै कतै हराए।   गीतले  भन्ने यति नै हो तर यो गीतमा अपार भाव छ।  मरुभूमिनै नहुने जापानमा लेखकले  किन मरुभूमि कल्पना गरे , रोचक प्रसँग छ।  लेखक त्यो बेला टिबिका बिरामी  थिए , उनी चिबा शहरकॊ  एउटा समुद्री तटमा बसेर आफ्नो देशबाट निकै परको मरुभूमिको कल्पना गरेका थिए।  त्यो बेला जापानीलई निश्चय नै समुद्रपार जान निकै ठूलो  कुरा थियो र विरामी कातोलाई निकै असंभव थियो।   र उनीले यो कुरा गीतमा उतारॆ।  अब प्रसँग बदलौ , हामी नसक्ने कुराहरू सपना देख्छौ , साहित्य पनि निकै भाव पाइ