Posts

Showing posts from October, 2013

सानो मेमोरी कार्डमा लुकेको ठूलो खुशी

मेरो जापानी पिताको निधन गत फेब्रुअरीमा भएको थियो । त्यो बेलाको अन्तिम क्षण को तस्वीर मेरो जापानी दिदीले आफ्नो मोबाइल बाट  खिचेकी थिइन् । मेरो जापानी दिदीले जसरी  भए पनि मेरो जापानी पिताको  फोटो हेर्न चाहन्थिन् । तर अपशोच उहाको मोबाइल बिग्रेको कारणले मोबाइलको फोटो एलबम फोटो डिलेट भएछ । अनि उहाँले फोटो हेर्न पाउनु भएन । उहाले धेरै क्यामरा पसल,इलेक्ट्रोनिक पसल धाउनु भएछ । तैपनि फोटो कतै पनि छैन । त्यसपछि उहाँले चण्डी भाइसंग  सल्लाह गरे केही उपाय लाग्छ कि भनेर । अनि उहाँले मलाई फोन गर्नु भयो । मैले फोनमा भने - " यदि तपाईंको मेमोरी कार्डमा फाइलहरु छन् भने केही उपाय लाग्न सक्छ ।  " अनि गत आइतबार सपरिवार हामी जापानी आमाको घरमा गयौं । अनि मैले मेमोरी कार्ड हेरे , अहँ फोटो जस्तो कहिँ देखिन ।  आश मारिसकेको थिए । अनि लिनक्स सिस्टमबाट त्यो मेमोरी कार्ड  हेरे । २ ० ० वटा जति ससाना फाइल रहेछन् । यसो एउटा फाइल पिक्चरमा परिवर्तन गरेर हेरेको ,फोटो देखियो । अनि दिदीलाई सोधेको -"हजुरले खोजेको फोटो यो हो ?" सबैजना  खुशीले  हुँदै चिच्चाउदै भन्नु भयो
Image
सानो   चरीको  कथा                                                -युमीलाई सुनाउन रचेको एकादेशमा एउटा  चरी थियो रे।   चरी एकदम  बदमाश थियो रे  घरी एउटा रुख बाट भुर्र उठ्छ , घरी  अर्को अर्को रुखमा जान्छ , थुपुक्क  एउटा हाँगा बस्ने त होइन।  त्यो चरीको मामु लाई त हैरान भयो रे।  एकदिन को कुरा हो , सानो चरी सधैं भुर्र भुर्र  उडेर खेलेको थियो रे  "हेर मामु म त एकचोटि मै डाइब हानेर भुइँ सम्म पुग्छु नि " - सानो चरीले मामाको कुरा नटेरी  भुर्र भुर्र   उडेकी थिई।  "सानु धेरै नउड त फेरि  रुखको  हाँगामा अल्झिन्छेऊ नि "  -मामुले सम्झाउदै थिइन्।  त्यसपछि अचानक कुरा हो।   त्यो सानु चरी डाइब हान्छु  भन्दा त  भुइंमा ठोकिइन्  रे।  अनि त्यो सानु भुइंमा एउटा सानो कालो क्याट थियो रे।  अनि त त्यो सानो क्याटले त्यो सानो  चरीलाई धन्नै हयांग टोकेको  रे नि।  अनि त त्यो सानो चरीलाई एकदम डड (डर ) लागेको रे नि।  अनि त्यो दिन पछि त सानो चरी   ज्ञानी  भएर  बसेछ रे।  अनि त्यो सानो चरीलाई त मामुले के के पो  किनिदिनुभएछ रे।   शिक्षा : धेरै चुलबुल