Posts

Showing posts from September, 2014

उसले चुमेको देश

Image
“यात्रुहरूलाई यो अनुरोध गरिन्छ कि उडान नम्बर .....ले रसिया पाल्नु हुने यात्रुहरू कृपया २ नम्बर गेट अगाडि पाल्नु होला “ - कुर्चीमा निदाइरहेको  निमेश अचानक ब्युझियों।   खेलकूदको एउटा सेमिनारको लागि ऊ रसिया हिडेको थियो।  घण्टौको  उडान पछि ऊ पुग्यो पनि मस्को।   सान्द्रा उसलाई लिन आएकी थिई।   “ कस्तो रहयो निमेश जी तपाईंको   उडान “ - सान्द्राले  गाडीको ऐनामा कपाल मिलाउदै थिई।   “ लामो उडान , म धेरै समय निदाए पनि” - निमेश चश्मा मिलाउँदै  उत्तर दियो।   “आज  होटेलमा रेस्ट गर्नु , भोलि हाम्रो सेमिनार छ , बेलुका स्वागत पार्टी छ नि “ -    सान्द्राले हाँस्दै भनी।   “हवस्” - निमेशको सानो स्वरमा  उत्तर दियो।   भोलि भयो।    “आज हामी फिगर स्केटिंग को नयाँ नियमको बारेमा यो सेमिनार तयार गरेका छौ “ -  दिउसै देखि भोड्का खाएको जस्तो एउटा जुंगेले ठूलो स्वरले सेमिनार उद्घाटन गर्यो।   “ फिगर स्केटिंगमा ट्रिपल जम्प गर्न तिम्रो देशमा कसरी सिकाइन्छ निमेश ?” - बिहान देखि तीनचोटि ट्रिपल जम्प गरेर आएकी जस्ती एउटी लिखुरीले सोधी।   “ अँ हामीले रसियाबाट केही प्रशिक्षक मगा