निर्दोषी चश्मा

त्यसो त मेरा आँखा त्यति पावरवाला छैनन् । १० वर्ष अगाडि नै समस्या देखिएको थियो तर पछि त हराएर नै गयो। त्यो भन्दा अगाडि आँखाको पावर २ भन्दा बढी थियो। तै पनि चश्मा लगाउन अल्छी लाग्दछ। त्यो अफ्रिकाका मासाई गाउँका मानिसले ५ किलोमिटर पारीका लायन या जिराफ पनि सजिलै देख्न सक्छन् रे। हो, त्यो जति नै त नभनौ तर निकै नै पावरफुल भएको अवस्था थियो। कम्प्युटरको काम गर्नु पर्ने, अलि अलि त आँखा कमजोर हुँदै आएको नै छ। चश्मा लगाइन भने त टाढाको त ठ्याम्मै देख्न सक्दिन। अनि कहिलेकाही त अफिसमा कस्तो रहेछ भने लबीमा हिडिरहेको अवस्था। आफूभन्दा वरिष्ट पनि हुने। अनि अनुहार नै नचिनी हात जोड्न पनि नमिल्ने। अनि यो चसु कति मातेको रहेछ भनेर पनि भन्न पनि भ्याउँछन होला नि। तर भने भनुन्। कसले के भन्छ भनेर चित्त दुखाएर वस्ने जमाना बाई बाई गरिसकेको अवस्था।...