सानो मेमोरी कार्डमा लुकेको ठूलो खुशी






मेरो जापानी पिताको निधन गत फेब्रुअरीमा भएको थियो । त्यो बेलाको
अन्तिम क्षण को तस्वीर मेरो जापानी दिदीले आफ्नो मोबाइल बाट  खिचेकी थिइन् । मेरो जापानी दिदीले जसरी  भए पनि मेरो जापानी पिताको  फोटो हेर्न चाहन्थिन् ।
तर अपशोच उहाको मोबाइल बिग्रेको कारणले मोबाइलको फोटो एलबम फोटो डिलेट भएछ ।


अनि उहाँले फोटो हेर्न पाउनु भएन । उहाले धेरै क्यामरा पसल,इलेक्ट्रोनिक पसल धाउनु भएछ ।
तैपनि फोटो कतै पनि छैन । त्यसपछि उहाँले चण्डी भाइसंग  सल्लाह गरे केही उपाय लाग्छ कि भनेर ।
अनि उहाँले मलाई फोन गर्नु भयो ।

मैले फोनमा भने - " यदि तपाईंको मेमोरी कार्डमा फाइलहरु छन् भने केही उपाय लाग्न सक्छ ।  "

अनि गत आइतबार सपरिवार हामी जापानी आमाको घरमा गयौं ।

अनि मैले मेमोरी कार्ड हेरे , अहँ फोटो जस्तो कहिँ देखिन ।  आश मारिसकेको थिए ।
अनि लिनक्स सिस्टमबाट त्यो मेमोरी कार्ड  हेरे । २ ० ० वटा जति ससाना फाइल रहेछन् । यसो एउटा फाइल पिक्चरमा परिवर्तन गरेर हेरेको ,फोटो देखियो ।
अनि दिदीलाई सोधेको -"हजुरले खोजेको फोटो यो हो ?"

सबैजना  खुशीले  हुँदै चिच्चाउदै भन्नु भयो -"हो ! यिनै फोटा हुन् "

अनि म ३ घण्टा लगाएर सबै फोटो परिवर्तन गरी कम्प्युटरमा डाउनलोड गरे ।

त्यो क्षण मेरो लागि एउटा कम्प्युटर इन्जिनियर रुपमा अनुपम खुशीको  समय थियो ।
त्यो सन्तुष्टि मेरो लागि २ वर्ष अघि   सफ्टबैकको उत्कृष्ट कर्मचारीको पुरस्कार पाउदाको भन्दा पनि ठूलो  थियो ।

सूचना संचार प्रविधिले  स साना यस्ता खुशीका क्षण अरु पनि बाड्न पाए ...
शनिवारको त्यो सानो घटनाले मलाई नयाँ प्रेरणा दियो ।

Comments

Popular posts from this blog

सिंह खरायो कथा

राजु र चन्द्रमा मामा

Privacy Policy