सीके लाल, प्रोपोगाण्डा र राष्ट्रियता
केही दिन अगाडि नाम चलेको एउटा अनलाइन मिडियामा प्रसिद्व लेखक सीके लालको विवादास्पद लेख पढ्न पाइयो। राष्ट्रियता सम्बन्धी त्यो लेख अलि कपोलकल्पित , आधारहीन रही लेखको उद्देश्य एउटा साधारण नेपालीलाई मान्य थिएन। तर त्यो लेखले मलाई राष्ट्रियताको बारेमा सोच्न लगायो। यो राष्ट्रियता भन्ने शब्द राजतन्त्र देखि वर्तमान सम्म एउटा चपाउने बबल गमको रुपमा प्रयोग भैरहेको छ। र यो निश्चय नै संवेदनशील विषय पनि हो। तर मेरो यो लेखको उद्देश्य भविष्यमा कुनै पार्टीको टिकटको सीट पाउन पनि होइन,नत कसैको प्रशंसा बटुल्नु नै हो। ल यो विचार गरौ , यो अप्ठ्यारो शब्द राष्ट्रियताको बारेमा। साधारणत “यीता” भन्ने शब्द दीर्घ लेखिन्छ। तर पूर्व राजा महेन्द्रले कहाँ हो ह्रस्व लेखेछन् , अनि त्यो समयबाट बलजफत राष्ट्रियता ह्रस्व लेखिएको रे , सानोमा स्कूल पढ्दा सुनेको। राष्ट्रियता भनेको भाषा र सस्कृति पनि निश्चय नै हो तर त्यो भन्दा माथि त्यहाँका नागरिकको स्वार्थ हो जस्तो लाग्दछ। त्यो अर्थमा नेपाली बोल्दैमा नेपाली नागरिक, नेपाली अर्थतन्त्रलाई ...