तीजुको पात
हामी सानोमा हुँदाको कुरा हो। गाई चराउन तीलछरे भन्ने चौरमा डियाँ ( गाईबस्तु ) लिएर जान्थ्यौ। गाई भैसी फुकायो , चौर तिर लग्यो। गाईभैसी चर्न थाल्छन् , हाम्रो काम त अनि खेल्ने नै हो। कहिले चोर पुलिस , कहिले लुकामारी , कहिले भाडाकुँडा। एकदिनको कुराहो , त्यही लहरमा ठुले दाईसँग सल्लाह भयो दोकान थाप्ने रे। हाम्रो स्कूल निर अलि अलि बजार जस्तो थियो। त्यहाँ केही चिया पसल थिए। अनि ती दोकान हरु देखेर हामीले पनि दोकान थापेर केटाकेटीको खेल खेल्ने विचार गर्यौ। अनि कसैले कपडा दोकान , कसैले चिया पसल , कसैले किराना पसल। निश्चय नि हाम्रा सामान त्यही चौरमा फेला परेका ढुंगा , माटो आदि नै थिए। पसल त थापियो , अब पैसा के लाइ मान्ने , ठुले दाईले आइडिया निकाले। तीजु ( खल्लु ) को ठूलो रुख थियो। त्यसको पात पैसा बनाउने ! ठुले दाई पात टिप्न गए। एक डोको पात टिपेर आए। अनि दोकाने , ग्राहक बनेका हामीलाई सय सय पात बाँडे। अनि हामी दिन भरि व्यापार गरियो। घरि ढुंगारूपी विस्कु...