नाम र दामका कुरा




अस्ति यसो गाउँले कै भलो होला कि भनेर एउटा नेपाली  पसलमा  पसेर हेरे।
 

कुरै कुरामा एउटा  नयाँ नयाँ नेपाली सोल्टीले भने- " ल यस यत्रो वर्ष जापान वसेपछि यसो नाम दाम  पनि कमाउन पर्यो नि। " 

भर्खर विदेश  आएको सोमको के नै देखेको  हुन्छ र, प्याच्च बोल्यो।  

" मलाई  त नाम त छोडदिनोस गुरूजी  , दाम नै पुगेको छैन भन्या " - मेरो सोझो उत्तर थियो।  

" किन नपुग्ने  महिनाको १२ मन खानीलाई हामीलाई त पुगेको छ , तपाईलाई किन नपुग्ने ?" - उसले देखेको कुरामा ढिपी छोडेन।  

" हेर्नोस पुग्ने नपुग्ने आफ़्नै मापदण्ड हुन्छन्  , मेरो अफिसको प्रमुखको आफ्नो निजी बोइग छ त किन ऊ रातदिन घोटिएको हुन्छ त " - मेरो जवाफ थियो।  

सोमले अलि धेरै नै बुझेछ, चुप लाग्यो।  

तर सोमले उठाएको एउटा  कुरा, नामको कुरा।  यो कुराले मलाई अलि घचघचायो।  

किन हो किन , हाम्रो वंशाणुनै , नाम र मान पछाडि धेरै नै दौडिएको छ कि , जहाँपनि सम्मान , फेटा  अनि के के हो के के।  
सिन्को भाँच्नु छैन , यसै  मपाई , अस्तिको त्यो के के विभूषणको समाचार हेर्नु ,पंचायती काल भन्दा गएगुज्रेको छ।  
२०४५ सालमा सुनेको , त्यो भूइँचालोले निधन हुनुभएकाको संख्या भन्दा राजाबाट पदक पाउने महानुभाव धेरै थिए रे !

मैले जापान बसेर देखेको , मानिसहरु नामप्रति त्यति अचाक्ली दोडेको देख्दिन त।  दौडन पनि किन पर्यो , ठूलो नेता भएर फेता बाँध्नु छैन, उदघाटन गर्नु छैन। 
हैन मान्छे गुमनाम भएर आफ्नो काम गरे हुन्न भन्या , किन देखावटी हुनुपर्यो  भन्या  मलाई त यस्तो लाग्छ नि।  कि बुद्ध , गान्धी , मण्डेला जस्तो ठूलो मार्गदर्शन
भए अर्कै कुरा हो।  

जापानमा २ वर्ष अघि एउटा घटना घटेको थियो।  अलि विपन्न विधार्थी भएका स्कूलमा अपरिचित व्यक्तिहरूबाट बाट स्कूल ब्याग लगातार दान गरी पठाइने।
ती दानी मानिसले कुनै पनि हालतमा आफ्नो नाम खुलाएनन् ।  पछि बुझेको एउटा जापानीले भन्दै थियो, दिएर देखाउने होइन कि आफ्नो ह्रदयलाई आत्मसन्तुष्टि हो।  
त्यसको लागि कसले कसलाई के दियो भन्ने कुरा सोच्नु आवश्यक छ र ?
 


ठूलो मान्छे भन्ने कुरा मिडिया आउदैमा ठूलो हुने होइन , फलानो क्लब चलाएर  वाककलाको  राजनीति गर्ने पत्रकार , अहिलेका मिडियामा आउने नेता , विपक्षका 
नेता कसैलाई म  मान्दिन क्यारे  , किनभने तिनीहरू थोरैलाई ६ कक्षाको अंकगणित आउँछ , अनि ती लेवलका मान्छेले  के भने भनेर सेतोपाटीमा को पढ्दै हिड्छ र।  

प्रसंग बदलौ , आज कामवस टोक्योको महँगो टोल गिन्जामा थिए।  यसो मोवाइल शपमा पसे।  एकछिन नयाँ डिजाइनको आइप्याड हेर्दै थिए ( खासमा सेतो पाटी नै हेर्दै थियो )
एकछिन पछि पछाडि बाट नामले   बोलाएर एकजना स्टाफ आयो बा ।  अफिसमा वरपरका स्टाफले चिन्नु स्वाभाविकै हो तर गिन्जा जस्तो भिआइपी ठाउँमा नाम लिएर बोलाइदा 
अलि अलि आश्चर्य अलि अलि लाज माने।  

"चण्डीजी हुनुहुन्छ नि , म जुनियर हो , फलानो डिपार्टमेन्ट छु , हजुरको प्रगति हाम्रो ट्रेनिंगमा देखाएको थियो   "  - स्टाफले  यसै भन्यो ल  ।  

"  ए.…   यसो नयाँ मोडेलको आइप्याड हेरेको .. कस्तो छ व्यापार "- म अलि लजाउदै भने।  

" राम्रो छ , यो त हाम्रो मोडेल  पसल नै हो  नि -  भन्दै  आइप्याडको स्किम बारे सोल्टीले बयान गर्दै थियो।


"मेरो बैकमा काम छ , हतारमा छु है , पछि मेल गर्छु नि  " - म ऊ सँग विदा लिएर छिमेकमा रहेको सिटीबैकमा पसे। 

 गिन्जा जस्तो भिआइपी विरानो ठाउँमा पछाडिबाट अचानक बोलाइनु ठूलो कूरा होला , तर चिनिनु नाम कमाउनु होइन भन्या  , आदर गरिनु नाम कमाउनु हो कि जस्तो लाग्दछ।  

 आदर गरिन्छ भने , नचिने नि के फरक पर्दछ र , माथिको झोलाको घटना जस्तै।  आदर गरिएको मान्छे आफ्नो कामबाट आत्मसन्तुष्टि पाएको हुन्छ, आदर गर्ने चाहे  जो सुकै होस्, 

त्यो नेपाली रेष्टुरेन्टमा भेटिएको  जस्ता सोमहरुको मनस्थिति बदल्न पाए कस्तो होला जस्तो लागेर आयो।  

                                             ***      ***    ***


Comments

Popular posts from this blog

सिंह खरायो कथा

Privacy Policy

CK LAL, Propaganda and Nationality