भानुभक्त र हाम्रो पहिचान
इ चण्डी सुवेदी यो असार साउनको महिना मलाई किन हो किन नेपालको याद आउँछ। जापानको व्यस्त शहरहरू बीच नेपालको हरियाली खेतका फाँटहरूका फोटा कतै नेटमा देखियो भनेपनि मन विभोर भएर आउँछ। शायद म गाउँको परिवारमा हुर्केर पनि होला , तर शायद ती हरियाली खेतहरू त यही पनि छन् नि तर मलाई त्यो नेपालकै गाउँको याद आउँछ किनकि डा. तारानाथ शर्माको “घनघस्याको उकालोमा” को शब्दमा भन्नु पर्दा “ त्यो हरियाली फाँट मेरो थियो , मेरो मुटुको थियो “ । तारानाथ शर्माले सिकाएको माथिको छनक मेरो लागि कति प्रिय छ। आजभन्दा ३० वर्ष अगाडि गाउँको १ कक्षामा पढ्थे म। अक्षर चिन्ने कक्षा थियो। गुरूले च लेख्नु भयो , च लाई धर्को तानेर चा बनाउनु भयो। प लेख्नु भयो प लाई पनि मात्रा दिएर पी बनाउनु भयो। अनि सोध्नुभयो - “ केटाकेटी यो पढ “ “ चापी “ - मैले उत्तर दिए। “ स्यावास “ - गुरूले ठूलो स्वरमा उत्तर दिनुभयो। त्यो दिन मैले यति खुशी भए , ७ बर्षको मैले आफ्नो भाषालाई यति माया गर्न सिके कि विर्सेको छ...