भानुभक्त र हाम्रो पहिचान




इ चण्डी सुवेदी
यो असार साउनको महिना मलाई किन हो किन नेपालको याद आउँछ।  जापानको व्यस्त शहरहरू बीच नेपालको हरियाली खेतका फाँटहरूका फोटा कतै नेटमा देखियो भनेपनि मन विभोर भएर आउँछ। शायद म गाउँको  परिवारमा हुर्केर पनि होला , तर शायद ती हरियाली खेतहरू त यही पनि छन् नि तर मलाई त्यो नेपालकै गाउँको याद आउँछ  किनकि डा. तारानाथ शर्माको  “घनघस्याको उकालोमा” को शब्दमा भन्नु पर्दा  “ त्यो हरियाली फाँट मेरो थियो , मेरो मुटुको थियो “  ।

तारानाथ शर्माले सिकाएको माथिको छनक मेरो लागि कति प्रिय छ।   आजभन्दा ३० वर्ष अगाडि गाउँको १ कक्षामा पढ्थे म।  अक्षर चिन्ने कक्षा थियो।  गुरूले  च लेख्नु भयो , च लाई धर्को तानेर चा बनाउनु भयो।  प लेख्नु भयो  प लाई पनि मात्रा दिएर पी  बनाउनु भयो।  अनि सोध्नुभयो - “ केटाकेटी  यो पढ “

“ चापी  “ - मैले उत्तर दिए।  
“ स्यावास “ - गुरूले ठूलो स्वरमा उत्तर दिनुभयो।   त्यो दिन मैले यति खुशी भए , ७ बर्षको मैले आफ्नो भाषालाई यति माया गर्न सिके कि  विर्सेको छैन यो १८ औं वर्षको जापानको बसाईमा।


नेपाली भाषामा केही यस्ता लवजहरू जसले जिन्दगीको हरेक मोडमा मलाई आफ्नो भाषामा गर्व लाग्दछ।

जस्तो कि -
हे मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् ती
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती
वनलाई सोधेँ कहाँ भाग्यो बादल
सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो


आज हामी यो विरानो ठाउँको विरानो हलमा उपस्थित छौ  र  दुई पाइला बाहिर निस्केर हेरौ  मैले  बाचन गरेका लवज अवश्य कसैले बुझ्दैन।  र पनि हामीलाई माथिका लवजले विभोर गराउछ  किन , किनकि नेपाली  भाषा बोलेका छौं  र हामीलाई हाम्रो मुटु हो।  र आजको यो झरीको दिनमा टाढा टाढा बाट डोराएर ल्याएको पनि यही मीठो नेपाली भाषाले हो।

र यो भाषाको प्रणेता  आज भानुभक्त नभएको भए , कल्पना गरौ हामी के हुन्थयौ , म त भन्छु देश भनेको भाषा संस्कृति हो त्यो रहेसम्म देश बाँचिरहन्छ , त्यो देश असीम हुन्छ , त्यो समाज त्यो देश अमर रहिरहन्छ।  

आदिकवि आचार्यले नेपाली भाषाको लिखित उदगम गरेर आज हाम्रो नेपालीको पहिचान छ र २०० वर्ष त के हजारौं लाखौ वर्ष रहने छ , यसको लागि उहाँको यो प्रेरणादायी हरफले  युगौं यूग हामी विश्वभरि छरिएका नेपालीलाई संदेश र एउटा प्रेरणा दिई नै रहने छ -
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति
                                                                                                                          -धन्यवाद











 


Comments

Popular posts from this blog

सिंह खरायो कथा

Privacy Policy

CK LAL, Propaganda and Nationality