सिंह खरायो कथा
एकादेशमा एउटा जंगल थियो रे। जंगलमा एउटा सिंह राजा थियो रे। समय बित्दै गयो र सिंह पनि बूढो हुदैँ गयो र शिकार गर्न सकेन। अनि उसले जंगलका सबै जनवारलाई बोलायो र भन्यो । " सुन सबै जना , बूढो भएँ , अब मा शिकार गर्न सक्दिन , तिमीहरू एक एक गरेर मेरो मा आउनुपरेको अवस्था , अनि म तिमीलाई खान्छु। " अरू जनावरले सिंहको कुरा सुनेर माने र अर्को दिनदेखि एक एक जना गरी सिंहको घरमा जाँदा भए। *** **** **** अरु जनवार झैँ एकदिन खरायोको पालो आयो। एकदिन एउटा खरायोको पालो आयो। यसै मर्नु त्यसै मर्नु , खरायो विस्तारै सिंहको घरतिर लाग्यो। अनि ऊ सिहको अगाडि टुपुलुक्क उपस्थित भयो। " तँलाई डाम्ना खरायो , यति ढिलो हुन्छस् , मलाई भोक लागिसक्यो भन्ने थाहा छैन ? म त तँलाई अहिल्यै ह्याम्म खाईदिन्छु " - सिंह रिसाउँदै भन्यो। " महाराज , म हजुरको आउँदै थिए, बाटोमा अ...