सिंह खरायो कथा

एकादेशमा एउटा जंगल थियो रे।   जंगलमा एउटा सिंह राजा थियो रे।  समय बित्दै गयो र सिंह पनि बूढो हुदैँ गयो र शिकार गर्न सकेन। 
अनि उसले जंगलका सबै जनवारलाई बोलायो र भन्यो  ।  

" सुन सबै जना ,  बूढो भएँ , अब मा शिकार गर्न सक्दिन , तिमीहरू एक एक गरेर मेरो मा आउनुपरेको अवस्था , अनि म तिमीलाई खान्छु।  " 

अरू जनावरले सिंहको कुरा सुनेर माने र अर्को दिनदेखि एक एक जना गरी सिंहको घरमा जाँदा भए। 

                   ***              **** ****

अरु जनवार झैँ एकदिन खरायोको पालो आयो। 

एकदिन एउटा खरायोको पालो आयो।  यसै मर्नु त्यसै मर्नु , खरायो विस्तारै सिंहको घरतिर लाग्यो। 

अनि ऊ सिहको अगाडि टुपुलुक्क उपस्थित भयो।  

" तँलाई डाम्ना खरायो , यति ढिलो हुन्छस् , मलाई भोक लागिसक्यो भन्ने थाहा छैन ? म त  तँलाई  अहिल्यै ह्याम्म खाईदिन्छु " - सिंह रिसाउँदै भन्यो। 

" महाराज , म हजुरको आउँदै थिए, बाटोमा अर्को  एउटा सिंह फेला पर्यो र उसले आफूलाई जंगलको राजा भन्यो , म त् हजूर जंगलको राजा भन्दै थियो।  
मत हजूर जंगलको राजा कि त्यो सिंह जंगलको राजा थाहा नपाएर हजुरको आएको नि " - खरायो नम्र हुदै भन्यो। 

" के  रे जंगलको राजा रे , त्यो सिंहलाई देखा , म त तुरून्त त्यसलाई खाइदिन्छु " - सिंह रिसाउदै भन्यो। 

" यता आउनुस महाराज " - सिंह खरायो पछि पछि लुरु लुरु पछि लागेर हिड्यो। 

        ***          ***     ***

खरायोले सिंहलाई  एउटा इनार नजीक  लग्यो र भन्यो -" हेर्नुस महाराज , त्यो अर्को सिंह यो इनार भित्र छ " 
सिंहले पानी भित्र हेर्यो र आफू जस्तै सिंह पानीभित्र देख्यो। 

खरायो अब सिंह पानीभित्र हाम फाल्छ भनेर खुशीले नाच्न थालेको थियो। 

त्यतिकैमा त्यो सिंह आएर खरायोलाई झम्तटियो  - " तलाई  बदमाश खरायो , मलाई मूर्ख बनाउने ? 

यो कथा त मैले ४ कक्षाको महेन्द्रमालामा  पढेको थिए " 


***   ***  ***


"मामु हेर्नु त,  यो बाबाले सिंह र खरायोको कथा जे पायो त्यही भनेको " - छोराले ठुलो स्वरमा चिच्चायो। 

" अहो , सरी बाबु " - मैले आँखा मिच्दै उठेको अवस्था । 

यसो बेडबाट घडी हेरेको दिनको ३ बजेको  रहेछ। 

आइतबारको दिन हल्का बियर खाएर सुतेको , हल्का निद्रा लागेको अवस्था थियो। 

उफ कथा पनि हल्का निद्रामा उल्टो पाल्टो भएछ , एपोलोजी एपोलोजी 

यो कथा यही  सिद्दियो। 

**** 
    

Comments

Popular posts from this blog

राजु र चन्द्रमा मामा

मित्रताको सुन्दर ध्वनि : एक फोटो पुनर्मिलन