हामीले चाहेको कस्तो विकास हो


"के रोड  सडक बन्दैमा विकास हुन्छ , रोड बाटा बनाउनु मात्रै विकास हो ?"

गतहप्ता नेपाली दूतावास टोकियोले आयोजना गरेको जापानमा रहेका विज्ञहरुको सम्मेलनमा टोकियो विश्वविध्यालय एक न्यूरो सर्जन भाई कड्किए। 

निश्चय पनि उनको प्रश्न जायज थियो।  किनकि हामीले देखेको नेपालको विकास र विकास आयोजना 
धेरै कुरा अपरिपक्व र सतही छन्। 

हामी प्रथम त प्राणी हौ।  स्वथकर खाना , सफा पानी , सफा वातावरणमा बाच्नु पहिलो विकास हो। 

त्यो फेज पुरा भयो त , निश्चय नै राजधानीमै स्वच्छ पानी र सफा हावा पाउन झन् झन्  गार्हो भैरहेको छ। 

त्यस पछि शिक्षा , औषधिमूलो  प्राथमिकता आउँछ।  शिक्षाको कुरा  गर्दा अर्को एकजना विज्ञ भन्दै हुनुहुन्थ्यो - नेपालका २ कक्षामा  फोटो सिन्थेसिसिस  भन्ने विज्ञानको निकै गार्हो शव्द सिकाइन्छ। 
तर हात धुने , दाँत माझ्ने जस्तो कुराहरू विरलै सिकाइन्छ। 

स्वास्थ्यको कुरा गर्दा एकैचोटि क्यान्सर ,मुटुको रोगको कुरा गरिन्छ, सानो रुघा हेलचेक्राई गरिन्छ।  कसैले वैज्ञानिक तरीका सोच्ने प्रवृति कमै देखिन्छ। 

अनि शिक्षा र स्वास्थ्यमा  हाम्रो यो दयनीय स्थिति एकचोटि सोचेर हेर्नु उचित होला कि। 

सडक , बाँध, विधुत आयोजना हरूको विकास निश्यच नै प्रतक्ष्य रुपमा नागरिकको दैनिकीसँग सम्बद्ध छन् तर टिभी कोठामा हरेक पल सिमेन्ट र रडको विज्ञापन हेरि राख्नु पर्ने औचित्य के हो? सिमेन्ट र रडको गुणस्तर टिभीमा विज्ञापन गर्नुपर्ने कुरा हो ?  गुणस्तरहिन सिमेन्ट र रडको प्रयोग गरे राज्यले नियन्त्रण गर्दैन ?

विकास भनेको निश्यच नै  पूर्वाधार पनि  हो तर त्यो भन्न्दा अगाडि सफा पानी , सफा टोल , व्य्वाहरिक सिकाई  हो कि। जापानमा २०११ को भूइचालो पछि त नयाँ पुस्तामा विकास शव्दको परिभाषा निकै बदलिएको छ।  २०११ मा आएको भूइचालो र सुनामी पछि नयाँ पुस्तामा  एकले अर्कोलाई सहयोग गर्ने,
दु:ख पाएकालाई साथ दिने , महिला , वृद्ध , अशक्तको पक्षमा वोल्ने र उभिएर काम गर्ने प्रवृति निकै विकसित भएको छ। 

के हामीले परिकल्पना गरेको संघियता  भनेको  आर्थिक विकास मात्रै हो र।  देश र समाज प्रति जिम्मेवार बनाउने शिक्षा होइन, आडम्बरी संस्कृतिलाई परस्कृत गर्दै जानु होइन ? बढ्दो क्यालोरी युक्त  पिज्जा र बर्गर छोडेर स्वथकर कोदो  फलाउनु  कोदोको रोटी खानु विकास होइन र। 
आफ्नो भाषा र संस्कृतिलाई प्रोत्साहन गर्नु विकास होइन र।  लोक गीत संगीतमा छाडा र पिछडिएका सोचाईलाई हटाएर समाजलाई शिक्षा दिने शव्द राख्नु विकास होइन?

एकचोटि  हामीले विकास भन्ने शव्दलाई  बजवर्ड ( चपाउने  शव्द ) बाट माथि उठेर देश र समाजलाई सुहाउने गरी विकासको  "रि डिफ़ाइन"  गर्नुपर्ने  बेला भएको छ। 

Comments

Popular posts from this blog

सिंह खरायो कथा

राजु र चन्द्रमा मामा

मित्रताको सुन्दर ध्वनि : एक फोटो पुनर्मिलन