सिमीका कोसा


  त्यसो त माइली दिदी त्यति अपरिचित होइनन्।  उनी एकदम मधुरो बोल्दथिन। एउटा हाते मेशिन थियो।  त्यसैले  गाउँ भरिको कपडा सिलाउन उनीलाई हम्मे हुन्थ्यो।  श्रीमान विदेश थिए केरे।  छोरा छोरी हामीसित पढ़दथे।
  त्यो जमाना दमिनी भनेर हेला त गर्ने नै भए असतीहरुले।   एउटी आइमाइले कसरी त्यत्रो परिवार धानेकी थिइन , अचम्म लाग्दथ्यो।
 दशैं पनि आयो।  सदा झैं।  मेरो पनि स्कुल ड्रेस सिलाउनु थियो।   माइली दिदीकहाँ  लगेर दिए।
“कहिले तयार हुन्छ दिदी “ - मैले सोधे।
“ १  हप्ता पछि आउनु नि  बाबु “ - ती दिदीले भनिन्।
एकहप्ता पछि गएँ।  
“तयार भएछ बाबु , लैजानु “ - माइली दिदीले गोर्खापत्रमा  बेरेर दिएकी थिइन्।

त्यो जमाना नया कपडा लगाउदा कस्तो मन पनि नया हुन्थ्यो , अर्कै खुशी हुन्थ्यो।
मैले बाल मन विचार गरे, माइली दिदी कति जाती हुन्।  त्यो नसिलाएको कपडा त के नै हो र।  कपडा सिलाएर लाउन पाउदा पो रमाइलो हुन्छ।  एउटा टुक्राबाट मेरो फिता भएको स्कुल ड्रेस बनाइदिने माइली दिदी कति जाती।
केही दिन पछि   माइली दिदी हाम्रा घर आइन् , कपडा सिलाए बापत ज्याला लिन आएकी होलान्।  चामल पैसा के के लागिन् ।
“तरकारी केही लान्छौ “ - आमाले सोध्नुभयो।
“अलिकति हरियो  सिमी भए लाने थिए” -माइली दिदीले भनिन्।
“जा बाबु अलिकति सिमी टिपेर माइलीलाई राखिदे “ -आमाले भन्नु भयो।
म सिमी टिप्न बारीमा गएँ।  सिमीको कोसा  एउटा टिपे , दुइटा टिपे , सिमी टिपेको छु टिपेको।  झोला भरि भयो।  अब त घर जान्छु भनेर लागे।  अलि अलि पानी परेको थियो।  बारीको डिलमा चिप्लेर लडेछु।  
उफ कस्तो सपना देखेछु , घडी हेरेको रातिको २ बजेको रहेछ।  भोलि ड्युटी छ के सपना देखेको होला मैले।
पछि बुझ्दा गाउँमा खडेरी पर्यो रे।  माइली दिदी त त्यो गाउँ छोडेको वीस वर्ष भयो रे।  क्रम रोकिएको छैन।  
त्यही सिमी बटुल्न आज हजारौं माइला दाइ दिदी गाउँबाट शहर , शहर बाट मुगलान पसेका छन्।  
त्यस्तो चिटिक्क कपडा सिलाइदिने माइली  दिदी आज कहाँ छिन् होला। त्यो हाम्रो सीप सिमी बटुल्न खर्चिदो छ।
 माइली दिदीलाई सिमी फलाउन सिकाउने , माइली दिदीले गाउलेलाई कपडा सिलाउन सिकाए पनि के बिग्रन्थ्यो र।
त्यो दिनको सपनाले मलाई राम्ररी ब्युझायो।

Comments

Popular posts from this blog

सिंह खरायो कथा

Privacy Policy

CK LAL, Propaganda and Nationality