संविधान सभा २०७० पछिको आशा लाग्दो नेपाल र हाम्रो सुझाव
गत हप्ता केहीलाई अपेक्षित केहीलाई अनेपक्षित रुपमा संविधान सभाको परिणाम पनि आयो। एउटा साधारण नागरिकको हिसाबले चाहेको अब नेपालको राजनीतिक र सामाजिक परिवेश सम्बन्धी बुदाँगत रुपमा चाहना यस प्रकार छ।
१. राजनीतिलाई पेशा नबनाऊ
राजनीति समाज सेवा हो। राजनीतिलाई कमाउने भाँडो नबनाऊ। पेशा अरु कुरा नै गर , पशुपालन गर , व्यवसायिक कृषि गर , तर बजेटको पैसाले कार्यकर्ता नपाल। बजेटले बाटो खन , धारा ल्याऊ , बिजुली ल्याऊ। त्यो धारा बिजुली
विकास गरे सुख पाउने तिम्रै नागरिक हुन्, तिम्रै गाउँले हुन् ।
२ शिक्षा प्रणाली र सिकाउने कुरा बदल
१ ०० वर्ष अगाडि रसियामा के भएको थियो, जर्मनीमा के भएको थियो , फलानाले के भनेका छन् हॊइन कि
अहिले चीनमा के भएको छ , रसियामा के भएको छ , जापानमा के भएको छ , सिक र अनुसरण गर , कति किताबी ज्ञानमा मात्रै भुल्छौ हो बुजुर्गहरु।
अनि विधालयमा पनि गाह्रा गाह्रा सैद्दान्तिक र दार्शनिक कुराभन्दा बालबालिकालाई कसरी मिलेर गर्ने , कसरी दुखीलाई माया गर्ने , प्रकृति र रुख बिरुवालाई माया गर्ने , कुन कुरा खाए पौष्टिक हुन्छ आदि स्कुले शिक्षा सिकाउने कि।
किनकि मैले न्युटनको नियम नजान्ने धेरै जापानी देखेको छु तर न्युटनको खसेको देखेको स्याउ कसरी खाँदा स्वस्थ भइन्छ भन्ने सिकेका बच्चाहरु धेरै देखेको छु।
३ गलत काम गर्नेलाई सामाजिक रुपमै निरुत्साहित गरि देऊ , विधिको समाज चलाऊ
गलत काम जतिसुकै सानो होस् निरुत्साहित गर्नु पर्छ , त्यो सभ्य समाजको पहिलो सूचक हो। कानुनी दायरा मात्रै होइन कि समाजले नागरिकले निरुत्साहित गर्नु पर्दछ। घुस खाएर भुडी पल्टाउने सलाम धोक्ने होइन कि , बच्चालाई - “ बाबु त्यो मान्छेले घुस खाएछ , हामी सबैको कर खाएछ छ , त्यो मान्छेको घर नजाऊ है “ भनेर सानोदेखि समाजले नै निरुत्साहित गर्नु पर्छ। अनि बल्ल ट्रयाकमा आउँछन्। यस पालिको चुनाव झैं।
युवाहरुहो , मागेर भरौटे भएर होइन , दश वटा नंग्रा खियाएर बनाउने हो यो देश नै , कतार र कोरिया होइन।
४ म होइन कि हामीबाट अघि बढौं
म होइन कि हामीबाट शुरु गरौ। एउटै नेपाली भएर नि के जाति , के कम्युनिस्ट , के पन्च , के कांग्रेसका नारा दिएर
थुथु गर्ने होलान्। परिवार , पार्टी , राजनीतिक विचारबाट माथि उठेर २ करोड नेपालीको स्वार्थको लागि उठौ , होस्ठे मा हैसे गरौ , फाइदा हामीलाई नै हुने हो। र विश्वको सामु देखाऊ न यार एशियामा पनि स्विजरल्याण्ड जस्तो सानो हिमाली देश छ भनेर। कति किच किच मात्रै हो। यो त धेरै ढिलो भयो के।
Comments