कछुवा ,मूसा, काग र मृगको कथा



एकादेशमा एउटा जंगल थियो रे।  जंगलमा एउटा मुसा, कछुवा, मृग र काग थिए रे।  सबैजना साथी थिए  रे।  उनीहरु एकदम मिलेर बसेका थिए रे।  एकदिनको कुरा हो  कछुवालाई बसिराखेको नजीकैको पोखरीमा बस्न झ्याउ लाग्यो  र।

“ म यो पोखरीमा बस्दिन ,  “ - कछुवाले  साथीहरुसँग भन्यो। उनीहरूमा मूसा अलि बुद्दिमान थियो।

“कछुवा भाई , जान त जाऊ , तर  बाटोमा ख्याल गर है “ - मुसाले भन्यो।  

अनि कछुवा आफ्नो बाटो लाग्यो।    मूसा, काग र मृग आफ्नो साथीलाई बाटोमा केही हुन्छ कि भनेर सतर्क  थिए।
अचानक कछुवा बाटोमा हिड्दै  बेलामा एउटा शिकारीले कछुवालाई देखेर थैलोमा राख्यो।

“ अहो , हाम्रो साथीलाई त त्यो शिकारीले लग्यो नि “ - मूसा, काग र मृग निकै आत्तिए।

अनि उनीहरूले एउटा जूक्ति पत्ता लगाए।


शिकारीको बाटोमा मृग मरेजस्तो गरेर सुत्यो  र कागले मृगको कानमा ठुंगी ठुंगी गर्यो।  


“ अहो कति ठूलो मृग पर्यो “ - कछुवा बोकेको थैली बिसाएर मृगलाई समात्न शिकारी अघि बढ्यो।  त्यही बेला पारेर मूसाले कछुवा राखेको थैली आफ्ना तीखा दाँतली काट्यो र  कछुवा थैलीबाट भागेर नजीकैको पोखरीमा डुबुल्की मार्यो  र मूसा पनि नजीकैको दूलोमा पस्यो।  

उता मरे जस्तो गरी सुतेको मृग पनि शिकारी नजीकै आउनसाथ उठेर बुर्लुक्क दौडियो र  काग पनि भुरुर उडेर भाग्यो।  

मृग र कछुवा पनि गुमाउँदा शिकारी पनि जिल्ल पर्यो।


अनि चारजना जनवार वर्षौ सम्म मिलेर बसे रे।  


शिक्षा : मिलेर काम गर्यो भने अप्ठ्यारो पर्दा पनि सजिलै पार पाइन्छ।

Comments

Popular posts from this blog

सिंह खरायो कथा

राजु र चन्द्रमा मामा

Privacy Policy