संविधान सभा २०७० पछिको आशा लाग्दो नेपाल र हाम्रो सुझाव
गत हप्ता केहीलाई अपेक्षित केहीलाई अनेपक्षित रुपमा संविधान सभाको परिणाम पनि आयो। एउटा साधारण नागरिकको हिसाबले चाहेको अब नेपालको राजनीतिक र सामाजिक परिवेश सम्बन्धी बुदाँगत रुपमा चाहना यस प्रकार छ। १. राजनीतिलाई पेशा नबनाऊ राजनीति समाज सेवा हो। राजनीतिलाई कमाउने भाँडो नबनाऊ। पेशा अरु कुरा नै गर , पशुपालन गर , व्यवसायिक कृषि गर , तर बजेटको पैसाले कार्यकर्ता नपाल। बजेटले बाटो खन , धारा ल्याऊ , बिजुली ल्याऊ। त्यो धारा बिजुली विकास गरे सुख पाउने तिम्रै नागरिक हुन्, तिम्रै गाउँले हुन् । २ शिक्षा प्रणाली र सिकाउने कुरा बदल १ ०० वर्ष अगाडि रसियामा के भएको थियो, जर्मनीमा के भएको थियो , फलानाले के भनेका छन् हॊइन कि अहिले चीनमा के भएको छ , रसियामा के भएको छ , जापानमा के भएको छ , सिक र अनुसरण गर , कति किताबी ज्ञानमा मात्रै भुल्छौ हो बुजुर्गहरु। अनि विधालयमा पनि गाह्रा गाह्रा सैद्दान्तिक र दार्शनिक कुराभन्दा बालबालिकालाई कसरी मिलेर गर्ने , कसरी दुखीलाई माया ग...